CanadaKhabar.com

Friday, May 17, 2024 -
  • चर्चित गायक आनन्द कार्कीको ‘सुनसान रात’ गजल भिडियो सार्बजनिक ,हेर्नुहोस् भिडियो

    केहि साता अघि मात्र चर्चित गायक आनन्द कार्कीले आफ्नो सोर्हौ एल्बम ‘लभ यू फरेभर’ बजारमा ल्याए । बिशेष गरि गजल गायनमा रुचाईएक गायक कार्कीको उक्त एल्बममा समाबेस अर्को गजल गीत ‘सुनसान’ रातको भिडियो यतिबेला युट्युबमा सार्बजनिक भएको छ ।

    युक्त गीतमा आनन्द लाई गायनमा अर्की गायिका संजीवनीले पनि साथ् दिएकी छिन । गीतले जवानीका माया प्रेमका कुरालाई बृद्ध अवस्थामा पुगेका दुई जोडीले सम्झिने प्रयास गरेका छन् । गीतको भिडियो पनि यस्तै प्रकारको बनेको छ जसलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् । भिडियोमा अनिल थापा र प्रियंका एम भिको अभिनय छ ।

     

    शेर्पिनी कान्छीको शब्द रहेको गीतमा सिखर सन्तोसको संगीत छ । भिडियोलाई रामकुमार केसी र सुदिप बरालले खिचेका छन् भने सुप्रिम पराजुलीले यसको सम्पादन गरेका छन् । आनन्द इन्टरटेनमेन्टले गीतको अडियो/भिडियो तयार गरेको हो, भिडियोलाई आनन्द कार्कीले आफ्नै युट्युब च्यानलबाट हालेका छन् ।