CanadaKhabar.com

Friday, May 17, 2024 -
  • नेपालको समसामायिक बिषयमा क्यानाडामा बहस

    क्यानाडाखबर संबाददाता
    टोरोन्टो,क्यानाडा ।
    नेपालको राजनिती,संबिधान, द्वन्द ब्यबस्थापन,मानब अधिकार लगायत समसामहिक बिषयमा एक अन्तरकृया कार्यक्रम आयोजना गरिएको छ ।

    purna-kanta-adhikari-in-canada-1

    ६८ औं  विश्व मानव अधिकार दिवसको अबसर पारेर पुर्व मानव अधिकारकर्मी तथा कन्सन नेपाल,क्यानाडाका अगुवा गोविन्द सिवाकोटीको पहलमा ब्राम्टोन स्थित सेन्ट्रल लाइब्रेरीमा आयोजित बहस अन्तरकृयामा नेपालमा लामो समय मानव अधिकार र संबैधानिक निकायमा काम गरिसकेका डाक्टर पूर्ण कान्त अधिकारी मुख्य बक्ता थिए ।

    purna-kanta-adhikari-in-canada-2

    देशमा   राजनैतीक अस्थिरता र दलहरुको खिचातानीले नै मुलुकले  सुशासन र गती लिन नसकेको उनको बिचार  थियो । दलहरुको राजनैतीक अन्योलता र धुब्रिकरणले राज्य संचालन प्रकृयामा समेत बाधा पुगेको उनको बुझाई छ । डाक्टर अधिकारीको बिचार संगै सहभागीहरु आ-आफ्ना बिचार र चासो  ब्यक्त गरेका थिए ।