CanadaKhabar.com

Thursday, May 2, 2024 -
  • विश्व पर्वतारोही सञ्जयलाई एनआरएन बरिष्ठ उपाध्यक्ष भवन भट्टको ३ लाख सहित सम्मान

    काठमाडौं ।

    अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्सन आसिफ आरोहणको तयारिमा रहेका विश्व पर्वतारोहि संजय पण्डितलाई शनिवार टि.वि. आई ग्रुपले रु. ३ लाख सहित सम्मन गरेको छ । नेपाललाई पर्वतारोहण को क्षेत्रवाट संसारलाई चिनाउन अथक भुमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको हो । कार्यक्रममा टि.वि.आई ग्रुपका कार्यकारी निर्देशक राजु नेपालले ३ लाख बरावरको चेक हस्तान्तरण गरेका हुन् ।

    पण्डितले किलर माउण्टेनको रुपमा चिनिएको मनासलु, विश्वको सर्वोच्च शिखर सगरमाथा , आइल्याण्ड पिक, छुकुन्ङग्री पिक, नागरजुन पिकको सफल आरोहण गरेका छन् भने अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को दौरा सुरुवाल र भादगाँउले टोपि लगाई आधार शिविर देखि शिखर सम्म उल्टो हिँडेर सफल आरोहण गरेक थिए भने युरोपको सर्वोच्च शिखरमा ६ मिनेट अर्धनाङ्गीएर रेकर्ड कायम गरेका थिए ।
    टि.वि.आई ग्रूपका अध्यक्ष एवम एनआरएनए का बरिष्ठ उपाध्यक्ष तथा बहुचर्चित उद्योग व्यवसायी भवन भट्टले संजय  जस्ता देश चिनाउने आरोही खेलाडीहरुलाई आँफुले सदैव सम्मान र साथ दिने कुरा बताए । आँफुले संजय जापानकको सर्वोच्च शिखर फुँजि आरोहण गर्दा पनि सहयोग गरेको कुरा पनि बताए । पण्डितले जापान तथा अमेरिकाको सर्वोच्च शिखर पनि आरोहण गरिसकेका छन् ।