CanadaKhabar.com

Thursday, May 2, 2024 -
  • अन्तराष्ट्रिय पौडी खेलाडी शिरिस गुरुङ क्यानाडामा सम्मानित

    क्यानाडाखबर संबाददाता
    टोरोन्टो,क्यानाडा ।

    अन्तराष्ट्रिय पौडी खेलाडी शिरिस गुरुङलाई क्यानाडामा सम्मान गरिएको छ । ब्राम्टोन माउण्ट एभरेष्ट लायन्स क्लबले मिसिसागामा एक कार्यक्रम आयोजना गरि खेलाडी गुरुङलाई सम्मान गरेको हो ।

    कार्यक्रममा बोल्दै  खेलाडी गुरुङले भने – ‘खेलकुदको माध्यमबाट नै आफ्नो मुलुकलाई संसारभर चिनाउंन सकिने भएकाले नेपालमा पौडी खेलको बिकासमा सबैले चासो दिनु पर्ने समय आएको छ ।’ राज्यले मुख्य खेलहरुलाई मात्र लगानी बढाएर अन्य खेलहरुलाई उचित चासो दिन नसकेको उनको गुनासो छ ।

    शिरिस गुरुङ सहितको खेलाडी टोली लिएर क्यानाडा आएका  नेपाल पौडी संघका महासचिब जगत श्रेष्ठले नेपाली खेलकुद क्षेत्रको बिकास र चुनौतीका बिषयमा आफ्ना धारणा राखे । पछील्लो समय पौडी खेल संसारभर सबैको आकर्षण खेल बन्न पुगेका बेला नेपालमा भने यसको बिस्तार अझै ब्यापक हुन नसकेको श्रेष्ठले बताए ।

    विन्डसोरमा जारी ‘फिना वल्ड च्याम्पियनसिप’मा सहभागी हुन गुरुङ सहित चार खेलाडी र अफिसियल टिम यही हप्ता क्यानाडा आएको थियो ।

    खेलाडी गुरुङ र संघका महासचिब श्रेष्ठले  खेलकुद क्ष्रेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रवासमा नै  सम्मान गरी  नेपाली प्रतिभालाई प्रोत्साहन गरिएको आयोजक संस्था  माउन्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष मित्र काफ्लेले बताए ।