CanadaKhabar.com

Thursday, May 2, 2024 -
  • साप्ताहिक राशिफल

    मिति २०७३ साल पुस ०३ गते आइतबार देखि पुस ०९ गते शनिबार सम्मको साप्ताहिक राशिफल

    युवा ज्योतिषी ऋषि राज घिमिरे

     

    मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):-

    तरकारी तथा फलफूल व्यापार बाट राम्रो लाभ हुने देखिन्छ । डिजेल तथा पेट्रोल को व्यवशाय बाट फाइदा हुने देखिन्छ । आफ्नो मन मिल्ने साथीले प्रेम प्रस्ताव राख्नाले मनमा उमङ्ग छाउनेछ । पढाइ प्रति मन जाने समय रहेको छ । भोज-भतेरमा सहभागी भइएला । सामाजिक काम प्रति मन जाने समय छ । सत्रु निकै सलबलाए पनि कुनै समस्या पुर्याउने छैनन् । मावलीको सहकार्यमा गरेको कामले फाइदा होला । स्त्री को सहयोग बाट गरेको काम बाट लाभ उठाउन सक्नुहुनेछ । पशु पालन बाट राम्रो लाभ लिन सक्ने समय रहेको छ । पति-पत्नी विचको सम्बन्ध सुमधुर हुने समय छ । मित्रतामा प्रगाढता छाउनेछ ।

    वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):-

    पराक्रम वृद्दि भएर जाने छ । सहकार्यमा गरेको काममा फाइदा हुनेछ । होटल-व्यवशाय बाट लाभ हुनेछ । पत्रकारिता बाट सोचे अनुरुप नै लाभ हुने समय छ । आखाको समस्याले भने केहि सताउन सक्नेछ । सहकारी बाट ठुलै लाभ उठाउन सक्नुहुनेछ । ठोस वस्तुको व्यापारले लाभ हुनेछ । परिक्षार्थीको लागी समय उत्तम रहेको छ । विपरित लिंगी प्रति आकर्षण वधेरा जाने समय रहेको छ । कृषि क्षेत्र बाट राम्रो लाभ रहला । इन्जिनियर हरुको लागी समय उत्तम रहेको छ । घरमा नया सामान जोड्ने समय छ ।

    मिथुन (क,कि,कु,घ,ङ,छ,के,को ,ह ) :-

    बोलीमा मधुरता छाउने समय रहेको देखिन्छ । पाटी / भोज-भतेरमा सहभागी भइएला । गायन कलामा सुधार हुने समय छ । राज्यको ठुला-ठुला प्रोजेक्ट तपाइको हातमा पर्ने समय रहेको छ । पुरानो साथी सागको जम्काभेटले मनमा उमङ्ग छाउने छ । दातको समस्याले सताउन सक्ने समय छ । शिक्षामा सुधार हुने समय देखिन्छ । बैज्ञानिकको लागी समय उत्तम रहेको छ । तपाइको प्रगति देखेर सत्रु भने सलबलाउने समय रहेको देखिन्छ । वैदेशिक व्यापारमा लाभ उठाउन सक्नुहुनेछ ।

    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :-

    नया तथा सकारात्मक सोचहरु आउने समय रहेको छ । सामाजिक काममा समय व्यतित गर्न मन लाग्नेछ । गुरु बाट तन्त्र-मन्त्र लिनको लागी समय उत्तम छ । जिउमा भएको पुराना रोगहरु क्रमसः निको हुने समय आएको छ । अन्तरास्ट्रिय स्तरको कारोबार बाट लाभ उठाउन सक्नुहुने समय छ । सुनाचादिको कारोबार बाट लाभ हुने छ ।  गाउमा नया नेतृत्व लिने समय छ । सरकारी कामहरु बन्ने समय आएको छ । बिपक्षी बलबान हुने समय आएको छ , सचेत भएर अगाडी बढ्नु प्त्तम हुने देखिन्छ ।

    सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :-

    अनावश्यक खर्च वृद्दि भएर जान सक्छ । मुद्दा-मेलामा हात हाल्नु भन्दा हात नहाल्नु नै ठिक हुनेछ । साथीहरु सहयोगी बन्नको साटो अफ्ठ्यारो बनाउन लागी पर्ने छन् । चिसोको समस्याले तपाईलाई सताउन सक्छ । फूटबल खेल बाट जित हासिल गर्नुहुनेछ । नाटकमा सफलता मिल्न सक्छ । विदेश यात्राको योग रहेको छ । कृषि वाट लाभ लिने समय रहेको देखिन्छ । लक्ष्मी प्राप्तिको लागी समय अति नै उत्तम रहेको छ । तपाइको प्रेममा सुमधुरता छाउने छ । उद्योगीहरुको लागी समय उत्तम छ ।

    कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :-

    प्रसस्त धन प्राप्तिको लागी समय उत्तम समय रहेको छ । अपरिचित व्यक्ति बाट ठुलै सहयोग मिल्ने समय रहेको छ । आखाको समस्याले सताउन सक्छ । सामान्य बिबादमा समेत पर्न सक्ने समय रहेको छ । पत्रकारिता बाट राम्रो फाइदा हुने समय आएको छ । कपडा पसल बाट राम्रै लाभ हुनेछ । पढाइमा सुधार हुने समय छ । शेयर ब्यबशाय बाट प्रसस्त लाभ हुने समय छ । गाडी खरिद गर्न समय उत्तम छ । शुखमा वृद्दि हुने समय आएको छ । साना तथा घरेलु उद्योग फस्टाएर जाने समय छ ।

    तुला ( रा,रि,रु,रे,रो,ता,ती,मन तु,ते):-

    सरकारी तथा अर्ध-सरकारी काम बाट ठुलै फाइदा होला । कर्मचारीले गरेको काम बाट सन्तुस्टी मिल्नेछ । बेमौसमी फलाफूल बाट फाइदा हुनेछ । सहकारी बाट प्रसस्त लाभ उठाउन सक्ने समय छ । बिपक्षी पनि सहयोगी भएर देखा पर्ने छन् । पुरानो मित्र सागको भेटघाटले मनमा खुसिले डेरा जमाउनेछ । स्वादिस्ट खानेकुरा खाना पाउने समय छ । छिमेकी सग सहयोग लिएर गरेको काम बाट तपाईलाई लाभ हुनेछ  । मलद्वार सग सम्बन्धित समस्या देखा पर्नसक्छ । स्त्रीको तल्लो पेटको समस्याले सताउन सक्छ ।

    वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) :-

    भाग्य वृद्दि भएर जाने समय आएको छ । गुरुजन सगको भेटले मनमा उमङ्ग छाउनेछ । तपाइको लागी साहु-महाजन सहयोगी बन्ने समय आएको छ । धार्मिक यात्रामा मन रमाउने समय रहेको छ । सामाजिक काम प्रति मन जाने समय छ । पिताको सल्लाह बाट गरेको काम बाट लाभ हुनेछ । पूजा-पाठ प्रति मन जाने समय छ । कला क्षेत्रमा विशेष मन जानेछ । विद्यार्थीको लागी समय उपयुक्त रहेको छ । धन आर्जन सजिलै साग हुने समय छ । खाद्यान्न को व्यापार बाट लाभ उठाउन सक्ने समय छ ।

    धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :-

    यात्रामा सजक रहनु उपयुक्त हुनेछ । पेटको समस्याले सताउन सक्छ । यौन रोगले सताउन सक्ने समय छ , सजक रहनु होला । दिदीबहिनी सग सहकार्य गरेर गरेको काममा सफलता हात पर्नेछ । धार्मिक कार्यमा सरिक भइएला । सामाजिक काममा खासै मन जाने छैन । बैंक क्षेत्र बाट लाभ हुने समय छ । स्त्रीको लागी समय खासै उत्तम छैन , स्वास्थ्य समस्याले सताउन सक्छ । शैक्षिक क्षेत्र बाट सोचे अनुरुप सहयोग मिल्न गार्है होला । मेनपावर बाट माध्यम हुनेछ । मित्र बाट सहयोग मिल्न गाह्रो होला ।

    मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :-

    पति-पत्नी विचको सम्बन्ध सुमधुर हुनेछ । पशु पालन बाट राम्रै लाभ हुने समय छ । बैदेशिक क्षेत्रको व्यवशाय बाट लाभ हुनेछ । पुलिस तथा आर्मीको लागी समय लाभदायक रहेको छ । जुत्ता तथा कपडा पसल बाट सोचे अनुरुप नै लाभ हुनेछ । पुन निर्माणको क्षेत्रमा तपाइको सफलता महत्वपूर्ण हुनेछ । फर्नेचरको कारोबार फस्टाएर जानेछ । दोपाया बाट राम्रै लाभ उठाउन सक्ने समय छ । सत्रुले काममा अफ्ठ्यारो पार्न सक्छन । पढाइमा कुनै समस्या देखा पर्ने छैन । आम्दानि बढ्नेछ ।

    कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :-

    सत्रु वृद्दि भएर जाने समय छ । साहु-महाजन बाट समस्या देखा पर्न सक्छ । नेतृत्वमा तपाइको आलोचना हुन जाने समय छ । मुहारको कान्ति घट्न सक्छ । पारिवारिक समस्या बल्झिन सक्छ । वैदेशिक व्यापार वृद्दि भएर जाने छ । सुन तथा डलरको कारोबार बाट लाभ उठाउने समय आएको छ । पिसाव साग सम्बन्धित समस्याले सताउन सक्छ । माछा पालन बाट अति नै राम्रो फाइदा हुनेछ । प्रेममा समस्या आउने छैन । जग्गाको कारोबार बाट लाभ हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-

    प्रेम प्रस्ताव आउने समय छ । परीक्षार्थीको लागी समय उत्तम छ । सन्तानको खुसीमा तपाइँ पनि खुसि थप्न सक्नुहुनेछ । फुपुको सहयोग बाट गरेको काम बाट फाइदा उठाउन सक्नुहुनेछ । इलेक्ट्रोनिक्स क्षेत्र बाट मनग्य लाभ उठाउन सक्नुहुनेछ । छिमेकीको सहयोग महत्वपुर्ण हुनेछ । लामो सामय देखि अड्किएर बसेका सरकारी कामहरु बन्नेछन । सरकारका उच्च अधिकारीको सहयोग गर्नु पर्ने हुनसक्छ । ठोस वस्तुको कारोबार बाट लाभ उठाउने समय छ । उद्योग तथा ठुला कलकारखाना बाट लाभ उठाउन सक्नुहुनेछ ।

    युवा ज्योतिषी ऋषि राज घिमिरे र क्यानाडाखबरको सहकार्यमा नियमित साप्ताहिक राशिफल प्रकाशित गरिनेछ । – सम्पादक