क्यानाडाखबर संबाददाता
अन्टारटिकाको सर्बोच शिखरमा विश्वको सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफमा क्रितिमानी विश्वपर्वतारोहि संजय पण्डितले नेपालको झन्डा फर्फराएका छन् । नेपाली झन्डासंगै पण्डितले भादगाउले टोपी शिरमा लगाएर पर्दशन गरेका छन् । उनले यहि जनवरी ४ का दिन भिन्सोंन मसिफमा पाइला राख्न सफल भएका हुन् । पण्डितले सोमबार मात्र अन्टारटिकाको अर्को चरचित पर्बत माउन्ट रजडम्यान आरोहण गरेका छन् ।
सहितको टोलीले द्क्षिण मोहडाबाट सफलता पुर्बक आरोहण गरेका थिए । उनि करिब ५ मिनेट माउन्ट रजडम्यान अर्ध नंगिएर नेपाली राष्ट्रिय झन्डा फरफराउन सफल भएका छन | पण्डितले उक्त हिमाल आरोहणगर्ने नेपालकै पहिलो पर्वतारोही बनेका छन् ।
अमेरिकी बिस्वचर्चित आरोही १० पटक सगरमाथा आरोहण गर्न सफल वर्न तेजासले गाइड गरेका थिए भने क्यानाडाका एलन किलर आरोही सहयात्री रहेका थिए । मौसम निकै प्रतिकुल हुंदा पनि आफुले सफल आरोहण गरेको हुनाले अन्टारटिका अभियानमा सहयोग गर्ने सबैलाई शिखरबाट धन्यबाद दिएका छन् ।