CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • तेरियाले जितिन् ‘झलक दिखलाजा’ को अवार्ड

    क्यानाडाखबर संबाददाता – काठमाडौं ।

    इन्डियन चर्चित डान्स रियालिटी शो ‘झलक दिखलाजा’ को नवौँ सिजनको विजेता नेपालकी चेली तेरिया मगर बन्न सफल भएकी छिन् । फाइनल राउण्डमा सलमान युसुफ खान र सान्तनु महेश्वरीलाई पराजित गर्दै उनले प्रतियोगिता जितेको बलिवुड लाइफले जनाएको छ ।
    यसअघि डान्स इन्डिया डान्सको उपाधि पनि जितेकी तेरियालेनै जितेकी थिइन् ।
    वासीमा रहेको सेन्ट लरेन्स हाइस्कूलकी विद्यार्थी तेरिया सन् २०१४ मा डान्स इन्डिया डान्सको लिटल मास्टर्सको उपाधि जितेकी थिइन् ।

    सान्तन्तु चर्चित हिपहप डान्सर हुन् भने सलमान चर्चित कोरियोग्राफर रहेका छन् । यि दुबै कडा प्रतिस्पर्धीलाई पछाडि पार्दै तेरिया बिजयी बनिन्। डीआईडीको विजेता बनिसकेकी १४ वर्षिया तेरिया आमा र दिदीको साथ हाल मुम्बईमा बस्दै आएकी छन् ।