CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • एनआरएनए उपाध्यक्ष कुमार पन्त क्यानाडामा

    क्यानाडाखबर संबाददाता – टोरोन्टो । 

    एनआरएनए उपाध्यक्ष कुमार पन्त क्यानाडा अाईपुगेका छन् । एनआरएन क्यानाडाले आयोजना गरेको ‘नेपालमा लगानी गरौं’ बिषयक एक दिने गोष्ठीमा सहभागी हुन उनी क्यानाडा आएका हुन् ।

    उनी संगै एनआरएनए अमेरिका अध्यक्ष केशब पौडेल, युरोप क्षेत्रीय संयोजक कुल आचार्य, प्रवासी नेपाली मन्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा  लगायतले कार्यक्रममा सहभागीता जनाउने छन् ।

    कार्यक्रम संयोजक तुला भट्टचन सहितको एनआरएन क्यानाडाको टोली,जनसंपर्क समिती क्यानाडाका सभापति बुद्दी वली महामन्त्री दिपक भट्टराईले टोरोन्टोस्थित पियरसन एयरपोर्टमै पुगेर अतिथीहरुलाई  स्वागत गरेका थिए । कार्यक्रम भोली अर्थात जनवरी २१ मा मिसिसागास्थित नेशनल पार्टी हलमा ठीक ४ बजे हुनेछ ।