CanadaKhabar.com

Tuesday, April 30, 2024 -
  • सिके राउतलाई प्रयोग गर्दै नेपाल टुक्र्याउने तयारी- Exclusive

    क्यानाडाखबर डेस्क ।

    भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’ मार्फत तराई टुक्राउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाँ घटनाले भने यसलाई पुष्टि गरेको छ ।

    हालै पाकिस्तानको बलुचिस्तानबाट ‘रअ’का उच्च अधिकारी हुसेन मुबारक पटेल भनिने कल्भसन यादव पक्राउ परेपछि नेपालमा स्वतन्त्र मधेशका नाममा मधेश टुक्राउने अभियानलाई मूर्तरुप दिन खोजेको कुरा थप पुष्टि भएको छ ।

    ३ मार्च २०१६ मा पाकिस्तानको बलुचिस्तानबाट पक्राउ परेका यादवले पटक–पटक नेपालको तराईमा स्वतन्त्र मधेश पक्षधरसँग भेटेको भनी पाकिस्तानि ईन्टेलिजेन्स अधिकारी समक्ष बयान दिएका छन । यादवले पक्राउ पर्नुभन्दा पहिले कैयौँ पटक नेपाल आएर तराई क्षेत्रमा स्वतन्त्र मधेश पक्षधरहरुसँग छलफल गर्ने गरेको बयानमा खुल्न आएको छ ।

    इरानमा व्यापारीको भेषमा बसेका यादवले आफू पाकिस्तानको बलुचिस्तानलाई स्वतन्त्र बनाउने अभियानमा सक्रिय रहेको स्वीकार गरिसकेका छन् । फरक नाम र व्यापारीको भेषमा इरानमा बसेका उनी बलुचस्थानमा अस्थिरता पैदा गर्ने जिम्मा लिएर त्यहाँ गएका थिए । उनले आफू पटक–पटक नेपालको तराई र श्रीलंका लगायतका मुलुकहरुमा पनि सक्रिय भएको बयानमा भनेका छन ।

    भारतले नेपालको तराई क्षेत्रलाई टुक्राउन खोजेको विषयलाई ‘रअ’कै पूर्ववरिष्ठ अधिकारी आरके यादवले पुष्टि गर्दै पुस्तक प्रकाशन गरे लगत्तै स्वतन्त्र मधेश अभियानलाई सक्रिय बनाउनु र ‘रअ’कै अधिकारीले तराईमा आफ्नो सक्रियताबारे स्वीकार गर्नुले भारतको तराई टुक्राउने ‘गेम प्लान’ जारी रहेको पुष्टि भएको छ ।

    रअका पूर्वअधिकारी यादवले आफ्नो पुस्तकको २६३औं पेजमा सन् १९७५मा सिक्किम मर्जरपछि नेपालमा चीनको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै तराई मर्जरको तयारी गरेको, तर सन् १९७७ को निर्वाचनमा मुख्य योजनाकार इन्दिरा गान्धीको पराजय पश्चात उक्त योजना तत्काल पूरा हुन नपाएको उल्लेख गरेका छन् ।

    यादवको उक्त पुस्तक प्रकाशन भएको लामो समय बित्न नपाउँदै तराईलाई नेपालबाट स्वतन्त्र बनाउने पुरानो योजनालाई भारतले पुन; निरन्तरता दिन लागेको यादवको गिरफ्तारी पछि पुष्टि भएको छ । बिभिन्न समयमा खुलेका रहश्य अनुसार भारतले सन् १९७१मा तत्कालीन पूर्वी पाकिस्तानलाई टुक्राएजस्तै नेपाललाई टुक्राउने ‘गेमप्लान’ तयार पारेको छ ।

    भारतले पूर्वी पाकिस्तानमा सेख मुजिबुर रहमानलाई जस्तै नेपालमा सीके राउतलाई प्रयोग गरी नेपाल टुक्राउने योजना अनुसार ‘गेमप्लान’ तयार पारेको गोप्य सुचना प्राप्त भएको छ । भारतले भित्रभित्रै रअका उच्च अधिकारी तथा नेपालकै विश्वसनीय भनिएका व्यक्तिहरुलाई समेत प्रयोग गरेर स्वतन्त्र तराईका लागि वातावरण बनाइरहेको छ ।

    बाँकी अर्को अंशमा