CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • दु:खमा साथ दिदै ‘न्यानो स्पर्श’

    क्यानाडाखबर संवाददाता ।

    सामाजिक रुपान्तरणका लागि युवाहरुको सकृयतामा स्थापित संस्था ‘न्यानो स्पर्श’ले  मिर्गौला पीडित विशाल नेपाललाई सहयोग गरेको छ ।

    संस्थामा आबद्द सदस्यहरुबाट रकम संकलन गरी नेपाललाई ६८ हजार पांच सय रुपैया हस्तातरण गरिएको अभियान्ता गीता   कडरियाले बताईन । बिरामी बिशालको आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा केही राहत होस् भनी यो पहल गरिएको उनले बताईन ।

    सामाजिक संजालमा आबद्द युवाहरुको प्रयासमा केही महिना मात्र स्थापित यो संस्थाले समाजका विभिन्न क्षेत्रमा काम गर्ने लक्ष्य राखेको छ ।