प्रवासी धादिंगेलिहरुको कोरियालि मित्र संजाल तथा सुख दु:खको साझा चौतारी ‘धादिङ्ग समाज कोरिया’ले अध्यक्ष ईश्वर रुपाखेतीको सभापतित्वमा संस्थाको भेला कार्यक्रम तथा पाँचौं अधिबेशन सम्पन्न गरेको छ ।
समाजले उक्त कार्यक्रमको लागि कोरिया स्थित ठुला तह र तप्कामा रहेका त्यस्तो बिशेष तथा प्रमुख व्यक्तित्वहरुलाई अतिथिको रुपमा निम्ता दीइेएको धादिङ्ग समाज कोरियालाई माया गरेर उपस्थित हुनुभएका “ह्युन्डाई साम्हो नेप्लिज” तथा “अनलाईन गोर्खाली रेडियो” का संरक्षक राम दत्तजोशी ज्युको प्रमुख आतिथ्यमा कार्यक्रमलाई औपचारिकता दिएको थियो भने बिशेष अतिथिको रुपमा एनआरएन कोरियाका युवा प्रतिनिधि साजन शर्मा रहनुभएको थियो ।

सक्रिय सदस्य भरत सुबेदी द्वारा संचालित कार्यक्रममा महासचिव वसन्त सिम्खडाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम परिचयात्मक हुँदै अध्यक्षबाट बार्षिक प्रतिबेदन, कोषाध्यक्षबाट आर्थिक प्रतिबेदन प्रस्तुत र अथितिहरुको मन्तब्य सहित सभापति द्वारा उद्घाटन सत्रको समापन गरिएको थियो । कोषाध्यक्ष सन्तोष अधिकारीले २,७०,५०,६७९ को दुई बर्षे आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
धादिङ्ग जिल्लाबाट बिभिन्न पेसा ब्यबसाय तथा अन्य गतिबिधिहरुमा कोरिया प्रबेश गरि बिभिन्न क्षेत्रमा रहनुभएका धादिंगेलिहरुको उपस्थितिमा आज राजधानी सियोल स्थित नमस्ते रेस्टुरेन्टको हलमा सम्पन्न उक्त अधिबेशनले संस्थाको नेत्तृत्व पदमा सर्बसहमति बाट सन्तोष अधिकारी सहितको पधाधिकारीहरु चयन गरेको हो । त्यस्तै पाँचौं कार्यकालको लागि बरिस्ठ उपाध्यक्ष बशन्त सिम्खडा, उपाध्यक्षहरुमा रमेश श्रेष्ठ र यदु लम्साल, महासचिवमा भरत सुबेदी, सचिवहरुमा शंकर नेपाल र फलिन्द्र ईटनी, कोषाध्यक्षमा नबराज कंडेल र त्यस्तै गरि सदस्यहरुमा रामचन्द्र सिम्खडा, सुबाश सिम्खडा, मधु राई, शान्ता पाण्डे, गंगा लोहनी, उज्ज्वल रुपाखेती, मिलन लामा, रमेश श्रेष्ठ र सोनु बस्नेत गरि १७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नव गठित समितिका पदाधिकारीहरुलाई समाजका संरक्षक तथा एनआरएन कोरियाका सल्लाहकार प्रकाश धमलाले बधाई तथा कार्यकाल सफलताको सुभकामना मन्तब्य दिनुभएको थियो ।
यसै भेलाको अवशर पारि समाज द्वारा धादिङ्ग बेसीमा निर्मित सुबिधा सम्पन्न आधुनिक अपाङ्ग मैत्री शौचालयका सहयोग दाताहरुलाई कदर पत्र पनि बितारण गरिएको थियो भने स्थापना काल देखि नै संस्थामा उल्लेखनीय भूमिका निभाउदै आउनुभएका निबर्तमान कोषाध्यक्ष अधिकारीलाई ताम्रपत्रले सम्मान समेत गरिएको थियो ।