CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • एनआरएन अमेरिकाको साझा उम्मेदवार घोषणा

    अमेरिका
    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन मिति नजिकिएसगै चुनावी माओल बढेको छ । यसैक्रममा चारदिन अघि अमेरीकाका विभिन्न १२ वटा शाखाहरुको बैठकले साझा उम्मेदवारी दिंने निर्णय गरेको छ । बैठकले कुनै खेमामा उम्मेदारी नदिइ इच्छा भएका अध्यक्षहरुले आफुलाई उपयुक्त पदमा उम्मेदवारी दिने निर्णय गरेको मेरील्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेलले बताए ।उक्त बैठकले बृहत छलफल गर्दै सबै राज्यहरूमा व्यापक रूपमा सदस्यता अभियान संचालन गर्ने र सकेसम्म आजीवन सदस्य वन्न जनमानसलाई प्रेरित गर्ने र आगामी मार्च १७ तारीख शुक्रवार ,२०१७ मा एनआरएन युएसएको शाखाको भेला गरिने छ ।यसैगरि द्वितीय भेला अप्रिलमा ओरेगनमा गर्ने समेत निर्णय गरेको छ ।

    यसैगरि सम्पूर्ण शाखाहरु एकबद्ध भै अगाडि बढ्ने र भविष्यमा शाखाको विकास, सम्बर्धन तथा प्रवर्धनमा जोड दिने समेत निर्णय गरेको छ ।
    बैठकमा उपस्थित शाखा अध्यक्षहरुले तन,मन,बचन र कर्मले खुलेरै एकढिक्का भई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । छलफलपछि न्यूयोर्क शाखाका अध्यक्ष तेम्बा शेर्पाले अध्यक्षको उम्मेदवार दिने सहमति भएको छ भने पूर्ण वानिया‘ क्यालिफोर्निया शाखाका अध्यक्षले बरिष्ठ उपाध्यक्ष पदमा प्रत्यासी बन्ने भएका छन् ।
    यसै गरि मेरील्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेल उपाध्यक्ष तथा नर्थ क्यारोलिनाका अध्यक्ष रेवती राज अधिकारीले सचिवमा उम्मेदवार दिने बताएका छन् ।