CanadaKhabar.com

Tuesday, May 14, 2024 -
  • आप्रवासी यूवाहरुको समस्या,चुनौती र सम्भावनाका बिषयमा बहस हुने

    क्यानाडाखबर संबाददाता ।

    आप्रवासी यूवा र उनिहरुको  समस्याका बारेमा क्यानाडामा बहस गरीने भएको छ ।
    क्यानाडामा रहेका नेपाली युवाहरुको माझमा छलफल गर्ने मेसो गायक तथा प्रस्तोता बुद्दिसागर बस्यालले मिलाएका हुन्  । क्यानाडा आएका नव आगन्तुकका लागि अन्योलता नछायोस् भनी यो बहस थालिएको उनले बताए ।

    यो बहस टिभी ‘टक सो’ का लागि रेकर्ड समेत गरिने आयोजकको तयारी छ । बहसमा क्यानाडाका यूवा ब्यावसायी अमृतो भट्टराई,सगरमाथा आरोही सुदर्शन गौतम लगायतले सफलता अनुभब सहित आफ्ना विचार राख्नेछन् । बहसमा सहभागीताका लागि ग्रेटर टोरोन्टो एरियाका युवाहरु आमन्त्रण गरिएको छ ।

    सहभागीले आफ्ना समस्या,चुनौती र सम्भावनाका बिषयमा आफ्ना बिचार राख्न पाउनेछन् । प्रवासमा रहदा युवाहरुमा पैदा हुने ‘फ्रस्टेसन’,’डिप्रेसन’ र यसलाई निराकरण गर्ने माध्यमका बिषयमा बहस केन्द्रित गरिने आयोजक बस्यालले बताए ।
    कार्यक्रम आउंदो शनिबार ब्राम्टोन स्थित एभरेष्ट तेक्वान्दोहलमा बिहान ठीक ११ बजे हुनेछ ।