CanadaKhabar.com

Monday, May 13, 2024 -
  • एजुकेसन कन्सल्टेन्सीका नाममा मानव तस्करी

    ३ फागुन, काठमाडौं । अधिकांश शैक्षिक परामर्शदाता कम्पनी ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएका छन् ।

    सन् २०१७ जनवरीमा शिक्षा मन्त्रालयमा एक हजार तीन सय ९३ वटा कम्पनीले व्यवसायिक रुपमा दर्ताका लागि आवेदन दिएका छन् । मन्त्रालयस्रोतले बिसाैं  पराशर्मदाता दर्ताबिना नै संचालन भएको जनाएको छ ।

    तिनीहरु ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएको बताइएको छ । ती कम्पनीहरुले सरकारलाई करसमेत बुझाएका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

    एजुकेसन कन्सलटेन्सीज एसोसिएसन अफ नेपालका अनुसार नेपालमा करब दुई हजार पाँच सय शैक्षिक परामर्शदाता कम्पनी छन् । तीमध्ये तीन सय असी एसोसियसनसँग आवद्ध छन् भने सय फ्री एजुकेसन कन्सलटेन्सीज अर्गनाइजेसन अफ नेपालमा आवद्ध छन् । र २७ वटा इन्टरनेसनल एजुकेसन रेपि्रजेटिभ अफ नेपालमा आवद्ध छन् ।