CanadaKhabar.com

Wednesday, February 25, 2026 -

राष्ट्रिय विश्वविद्यालय खेलकुद अन्र्तगत पुर्वाअञ्चल विश्वविद्यालयमा खेलकुद कमिटीको गठन

राष्ट्रिय विश्वविद्यालय खेलकुद अन्र्तगत पुर्वाअञ्चल विश्वविद्यालय खेलकुद कमिटीको गठन गरिएको छ ।
प्रथम राष्ट्रिय भेलाबाट १५ सदस्यिय कमिटी गठन गरिएको हो । जसको अध्यक्षमा सरोज पाण्डे, उपाध्यक्षमा अनिष सुवेदी, बाल किशोर माझी, निरक खड्का, सचिवमा अर्घाखाँचीका नविन पन्थी, सहसचिवमा सुवास खडका, कोषाध्यक्षमा रिङकी भट्टराई सर्वसम्मत चयन भएका हुन ।

त्यस्तै सदस्यहरुमा हिकम्त रावन्न, हिक्मतजंङ्ग मल्ल, तेजेन्द्र शाही, प्रमोद उपाध्याय, दिनेश आलेमगर र अतिन्न अधिकारीलाई सर्वसम्मत चयन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल खेलकुद महासंघका सचिव उपेन्द्र पौडेलले शरिरलाई स्वस्थ बनाउनका लागी खेलकुदको आवश्यकता रहेको बताउदै विद्यार्थीका अभिभावकहरुले खाली पढाई भन्दा पनी विद्यार्थीले खेलकुद तर्फ पनी केही समय दिनुपर्ने बताउनुभयो ।