CanadaKhabar.com

Tuesday, May 21, 2024 -
  • अखिल (क्रान्तिकारी) हिकाष्ट क्याम्पस इकाईको आठौ समितीको सम्मेलन सम्पन्न

    अखिल (क्रान्तिकारी) हिकाष्ट क्याम्पस इकाई समितीको सम्मेलन सम्पन्न भएको छ। (क्रान्तिकारी) हिकाष्टका निबर्तमान अध्यक्ष बरम शाहिको अध्यक्षता,नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष एवं माओवादी केन्द्रका पोलिट व्युरो सदस्य नरेश भण्डारीको विशिष्ठ आतिथ्यता तथा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष अनिल शर्माको प्रमुख आतिथ्यताका साथ सम्पन कार्यक्रममा, विभिन्न सांस्कृतिक कार्यक्रमहरु समावेस थिए।

    मन्तव्यका क्रममा नरेश भन्डारीले आधुनिक कृषि तथा पशु विग्यानले हाम्रो दैनिकिमा पार्ने प्रभाव तथा देशको आर्थिक विकाशमा पुर्याउने मद्धतका बारेमा चर्चा गर्नुभएको थियो भने अनिल शर्माले आजको विद्यार्थी आन्दोलनको कार्यदिशा तथा प्राभिदिक विषयमा राजनितीजो सम्भावनाका वारेमा चर्चा गर्नुभएको थियो।

    निश्चल घिमिरेको इन्चार्जसिपमा ४५ सदसिय कमिटी निर्वाचित भएको जसमा अध्यक्ष: दोविन भुषाल,उपाध्यक्ष: सन्तोष देवकोटा,धर्म देवकोटा,सि.पि. कार्की,सचिव: चक्र ओलि,सह-सचिव: अनुषा लम्साल,हर्ष ब. शाही, सरोज देवकोट,आर्या निरौला,कोषाध्यक्ष: साधना घिमिरे सहित ४५ सदस्यिय क्याम्पस कमिटीमा ६ सदस्य पहिलो बैठकबाट मनोनित गरिने र यो सम्मेलनद्वारा अवसरवादिहरुलाई किनारा लगाई सच्चा क्रान्तिकारीहरुको कमिटी गठन गरेको कमिटीका इन्चार्ज निश्चल घिमिरेले क्यानाडाखबरलाई बताए ।