CanadaKhabar.com

Friday, May 17, 2024 -
  • अमेरिकन ग्रिनकार्ड होल्डर नेपालमा पर्यटन मन्त्री

    काठमाडौं । मधेसी मोर्चाले समर्थन फिर्ता लिन सात दिने अल्टिमेटिम दिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई तीन मन्त्रालय दिएर सरकारमा भित्राएका छन् । गणितियरुपमा सरकारलाई बजबुत बनाउन दाहाल र नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्रीलाई अन्य मन्त्राययमा सारेर पनि राप्रपालाई मालदार मन्त्रालय हस्तान्तरण गरेका छन् । तर राप्रपाबाट पर्यटन तथा नागरिक उड्यनमन्त्री बनेका दिलानाथ गिरी भने नेपाली नागरिकता त्यागेका ब्यक्ति हुन् ।

    अमेरिकी ग्रिनकार्ड होल्डर गिरी नेपाल सरकारको मन्त्री बनेका छन् । संखुवासभामा जन्मिएका गिरी लामो समय अमेरिका बसेका थिए । उनका सवै परिवार पनि अमेरिकाकै ग्रिन कार्ड होल्डर हुन् । अमेरिकामा लामो समय बसेर नेपाली नागरिकता त्यागेका गिरी नेपालमा फर्केर राजनीतिमा सक्रिय भएका थिए । २०७० सालमा भएको संविधानसभा निर्वाचनपछि राप्रपा नेपालबाट उनी समानुपातिक सांसद बनेका थिए । समानुपातिक सांसद बन्दा पनि उनले अमेरिकी ग्रिनकार्ड छोडेनन् ।

    राप्रपा अध्यक्ष कमल थापा दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित स्थानीय विकासमन्त्री बनेका छन् । थापासँगै अमेरिकी ग्रिनकार्ड होल्डर गिरीले पनि मन्त्रीको सपथ लिएका छन् । अमेरिकी नागरिक नेपाल सरकारको मन्त्री बनेपछि गिरीको सामाजिक सञ्जालमा चर्काे विरोध भइरहेको छ । गिरी राप्रपा अध्यक्ष कलम थापाका निकै विश्वास पात्र हुन् । समय समयमा अमेरिका पुगेर ग्रिनकार्ड नविकरण गर्दै आएका गिरीले पर्यटन तथा नागरिक उड्यनमन्त्रीको जिम्मेवारी पाएका छन् ।

    ग्रिनकार्ड भएका कर्मचारीले सरकारी जागिरबाट निकालिएका छन् । तर राज्य संचालनको जिम्मेवारी पाएका गिरी भने अझै ग्रिनकार्ड होल्डर रहेका छन् । दाहाल नेतृत्वको सरकारमा सुचना तथा सञ्चारमन्त्री बनेका राम कार्की पनि भारतीय राशन कार्ड होल्डर हुन् । yeskathmandu