CanadaKhabar.com

Tuesday, April 30, 2024 -
  • क्यानेडियन नेवा गुठि द्वारा टोरोन्टोमा निशुल्क कर आबेदन शिबिर संचालन

    उत्तम मकाजू – टोरोन्टो ।

    क्यानाडियन नेवा गुठिले  निम्न आय भएका परिवार र नब आगन्तुकहरुको लागि  प्रत्यक बर्ष  संचालन गर्दै आएको ‘निशुल्क कर आबेदन शिबिर’ हालै  टोरोन्टो मा  संचालन  गरियो ।

    शिबिर टोरोन्टो डाउन टाउनको सेन्ट जेम्स टाउन कम्युनिटि कर्नरमा  मार्च ११ मा    संचालन गरिएको थियो । नेपाली समुदायलाई लक्षित गरि संचालन गरिएको शिबिरमा सेवाग्राही हरुको बाक्लो उपस्थिति थियो । गुठीले यस्तो कार्यक्रम हरेक वर्ष गर्दै आईरहेको छ ।  कर आबेदन शिबिरमा कर सम्बन्धी काम गर्दै आएका संस्थाका सचिब रबिन प्रधान,  कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ,  जन सम्पर्क प्रमुख नरेश ताम्राकार, रोदेश शाक्य,  नबिन  श्रेष्ठ, किरण अवालको साथै अणु श्रेष्ठ, बन्दना पोखरेल र रबिन जोशीले सेवा प्रदान गर्नु भएको थियो ।

    साथै गुठीले  बिगतका बर्षहरुमा झैँ भुटानी समुदायको लागि सोहि सेवा आगामी मार्च १८ , शनिबार टोरोन्टोस्थित स्कारबोरोमा शिविर राख्ने निर्णय गरेको छ भने  ब्रम्टोन  क्षेत्रका  नेपाली समुदायको लागि  मार्च २५, शनिबार  नेपलिज क्यनेडियन हेरिटेज सेन्टर संग सहकार्य गरी पशुपति नाथ नेपाली मन्दिरमा पनि “निशुल्क कर आबेदन शिबिर” संचालन गरिने गुठीले जनाएको छ ।

    क्यानाडामा हरेक नागरिकले आफ्नो आय व्ययको विवरण  अनिबार्य रुपमा अप्रिल महिनाको अन्त सम्ममा पेश गर्नु पर्दछ ।

    Save