CanadaKhabar.com

Tuesday, April 30, 2024 -
  • संजयले पाए सामसुंग ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार

    विश्व अल्ट्रा पर्वतारोही तथा धाबक संजय पण्डितलाई शुक्रबार सामसुंग नेपालको आधिकारिक बिक्रेता आइ एम एस ग्रुपले करिब ६० हजार नेपाली पर्ने ग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार स्वरूप  प्रदान गरेको छ | आइ एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त मोबाइल हस्तान्तरण गर्नु भएको  हो | सगरमाथा ,मनास्लु सहित विश्वका चर्चित ११ पर्बत  आरोहण गर्न सफल पण्डितले अफ्रीकाको सर्बोच्च  सिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्बोच्च  सिखर कोजियस्को उल्टो पैदल हिडेर आरोहण गरि नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने विश्व पर्वतारोहिको कृतिमान कायम गरिसकेका छन् |

    गत जनवरीमा  उनले अन्टारटिकाको सर्बोच्च  सिखर बिन्सोंन मसिफ र अर्को चर्चित पर्बत रजम्यान आरोहण गरेका थिए | पण्डितले उक्त हिमाल आरोहण गर्दा सामसुंग मोबाइल  प्रयोग गरेका थिए | पण्डितलाई आइ एम एस ग्रुपले अस्ट्रेलिया ,अमेरिका युरोप एबम न्टारटिकाको सर्बोच्च शिखर आरोहणमा आर्थिक सहयोग गरेको थियो | ग्यालेक्सी सी ९ प्रो  गत हप्ता मात्रै नेपालमा लन्च भएको हो |

    Save

    Save