CanadaKhabar.com

Tuesday, February 25, 2025 -
  • अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा एमालेका खगेश्वर पन्थीको दावी

    १७ चैत, अर्घाखाँची । नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य खगेश्वर पन्थीले भुमिकास्थान नगरपालिकाको मेयरका लागि दावी गरेका छन् ।

    जिल्लाको चिरपरिचित तथा लोकप्रिय छविका पन्थी करिब ३६ साल देखि लगातार राजनीति गर्दै आएका छन् ।

    तत्कालिन शाहि नेपाली सेनाको जागिर छाडेर नेपाली जनताको सिपाहि बनेका पन्थि जिल्लाको अखिल हुदै युवा सँघ जिल्ला कमिटीको अध्यक्ष पनि भएका थिए।

    पार्टीका विभिन्न कमिटिमा काम गरिसकेका पन्थि जिल्ला कमिटि सचिवालय सदस्य मोर्चा विभाग प्रमुखको भुमिकामा छन् ।

    उनको कार्यकुशलता र राजनैतिक ईमान्दारिताका कारण भुमिकास्थान नगरपालिकामा खगेश्वर पन्थिको विकल्प नभएको नगरपालिकाका जनताहरु बताउछन् ।

    पन्थि भन्छन्, ‘म नेकपा एमालेको सिपाहि भएका कारण पार्टिले खटाएका ठाउँमा जनताको सहयोगमा उनीहरुसँग प्रत्यक्ष भलाकुसारी गर्दै जानेछु ।’

    निष्ठा र कार्यकुशलताका कारण उनी नगरमा राम्रो जनाधार भएका व्यक्ति पनि मानिन्छन् ।

    पन्थीको लोकप्रियता र पहुँचमात्र हैन विकास केन्द्रित छविलाई पनि धेरैले नगरको टिकेट पाउनेमा सहज बनाउने बताउने गरेका छन् ।

    पन्थीले आफु नेकपा एमालेको सिपाहि भएका कारण पार्टीको पक्कै पनि नगरको मेयको भुमिकाका लागि लडाउनेछ भन्नेमा विश्वस्त रहेको र लडाई जित्नेमा पनि विश्वस्त रहेको बताए ।