CanadaKhabar.com

Sunday, May 19, 2024 -
  • अन्टारटिकाको सर्बोच्च शिखरमा नेपाली लिडर : सन्जय पण्डितले गरे अचम्मको काम

    काठमाडौं, २६ चैत । बिश्व पर्वतारोही संजय पण्डितले केहि महिनाअघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्बोच्च शिखर बिन्सोंन मासिफमा फरफराएको नेपालका राष्ट्रपति बिद्या देबी भण्डारी, उप राष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधामन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउबा, झलनाथ खनाल, उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा, स्वास्थ्यमन्त्री गगन थापा, पूर्व उपप्रधामन्त्रीहरु बामदेव गौतम, रामचन्द्र पौडेल, टोपबहादुर रायमाझी, प्रकाशमान सिंह, पूर्व अर्थमन्त्री डा.रामशरण महत, पूर्वमन्त्री पुरुषोतम पौडेल, पूर्वमन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, नेता लिलामणि पोख्रेल, कृष्णध्वज खड्का, पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोबिन्द राज पोख्रेल, गोल्डेन गेट कलेजका कार्यकारी निर्देशक रमेश कुमार सिलवाल, एनआरएनका बरिष्ट उपाध्यक्ष भबन भट्ट तथा आफ्ना बाबु आमा अंकित फोटो शनिबार सार्बजनिक गरेका छन् ।

    पण्डितले फोटो सार्बजनिक गर्दै भनेका छन्- मलाई र मेरो बिश्व हिमाल आरोहणमा तन मन र धनले स्वीकार गरि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण हाई प्रोफाइल नेपालका ब्यक्तिहरुलाई निकै कठिन यात्रामा पनि जिरो जनसंख्या भएको बिश्वको पाचौं ठूलो महादेशको सातौ ठूलो सर्बोच्च बिन्दुमा पुर्याउन पाएकोमा निकै आत्मसन्तुष्टी प्राप्त गरेको छु ।

    फोटो प्रदर्शनी गर्न कसैले आफूलाई नभनेको र फोटो प्रदर्शन गर्नु आफ्नो कर्तब्य र इतिहास सम्झेको उनले बताएका छन् । संसारकै निकै चिसो हुने महादेशको उपमा पाएको यो शिखरमा करिब ३० मिनेट लगाएर फोटोहरु प्रदर्शन गरेको उनले बताएका छन् । पण्डितले सगरमाथा, प्राणघातक हिमालको रुपमा चिनिएको मनास्लु लगायत बिश्वका चर्चित ११ पर्बतहरुको सफल आरोहण गरिसकेका छन् भने अस्ट्रेलिया सर्बोच्च शिखर कोजीयसको र अफ्रीकाको सर्बोच्च शिखर किलिमन्जारो नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल भाद गाउले टोपी लगाएर आधार शिविरदेखि सर्बोच्च बिन्दुसम्म उल्टो हिडेर आरोहण गर्ने नेपालकै प्रथम बिश्व पर्वतारोहीको कृतिमान कायम गरेका छन् । यूरोपको सर्बोच्च शिखरमा ६ मिनेट ३ सेकेण्ड अर्ध नग्न भएर अर्को कृतिमान कायम गरिसकेका छन् । यो देशको लागि पनि गौरबको बिषय हो । सम्भवत बिश्वमै यो पहिलो त्यस्तो क्षण हो जुन देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधामन्त्री, पूर्वप्रधामन्त्री, उपप्रधामन्त्री अंकित तस्बिर अन्टारटिकाको सर्बोच्च शिखर बिन्सोंन मासिफमा फहराएको सञ्जयले दाबी गरेका छन् । पण्डित युवा राष्ट्रिय प्रतिभा पुरुस्कार २०१४, राष्ट्रिय युवा साहषिक खेलकुद हिरो २०१५ र जनसेवा श्री पुरुस्कार २०१६ बाट सम्मानित भैसकेका छन् ।