CanadaKhabar.com

Friday, May 17, 2024 -
  • राजेश हमाल एमालेको चुनाव प्रचारमा

    २३ बैशाख, काठमाडौं । स्थानीय तहको चुनाव नजिकिएसँगै दलहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । चुनाव उठेका उमेद्बार र दलहरुको घरदैलोले टोल टोलमा चुनावी माहौल तातेको छ ।

    यहिबीचमा नेपाल चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई पनि चुनाव लागेको छ । उनी नेकपा एमालेको चुनावी प्रचारप्रसारको र्यालीमा सहभागी भएका छन् ।

    काठमाडौं महानगरपालिका वडा नम्बर २६ का उमेद्बार देवेन्द्र रिमालको घरदैलो कार्यक्रममा आज विहान हमालले साथ दिएका हुन् । यसअघि राष्ट्रियताको पक्षमा अडान लिँदा उनले केपी ओलीको प्रशंसा गरेका थिए । #nepaliheadlines