CanadaKhabar.com

Friday, May 17, 2024 -
  • अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ नेपाल जांदै

    काठमाडौं । अमेरिकी कँग्रेसमा डेमोक्रेटिक पार्टीकी नेत्री नान्सी पेलोसी आज नेपाल आउँदै छिन् । संसदीय टोलीको नेतृत्व गर्दै उनी आज राति  अमेरिकी एयर फोर्सको विमानबाट नेपाल जान लागेकी हुन् ।

    तीन दिने नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तिसहित प्रमुख दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

    पेलोसी नेतृत्वको टोलीले राष्ट्रिय सुरक्षा, भूकम्प पछिको पुननिर्माण, स्थानीय चुनाव, मानवअधिकारको अवस्था अन्तर्राष्ट्रिय अर्थव्यवस्था, द्विपक्षीय र बहुपक्षीय सम्बन्ध लगायतका विषयमा जानकारी लिनेछ ।

    नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार पेलोसी नेतृत्वको संसदीय टोलीले नेपालसहित भारत, जर्मनी र बेल्जियमको पनि भ्रमण गर्नेछ ।

    Save