CanadaKhabar.com

Friday, May 17, 2024 -
  • काठमाडौं महानगरपालिकाको मतगणना भोलि

    ३१ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा सोमबार बिहानमात्र मतगणना हुने भएको छ । तर, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, शंखरापुर, कागेश्वरी मनोहरा, टोखा र दक्षिणकाली नगरपालिकामा भने आइतबार रातिबाटै मतगणना जारी छ।

    काठमाडौंका प्रमुख निर्वाचन अधिकृत चन्द्रप्रसाद गौतमले अनलाइनखबरसँग भने, ‘अरू ठाउँमा आजै भए पनि काठमाडौंमा भोलि बिहानमात्रै गणना हुन्छ ।’

    उनले कर्मचारीहरु थाकेकाले र मतगणना सुरु गर्नु अघिको सबै प्रक्रिया पुर्याउनुपर्ने भएकाले महानगरपालिकामा आजै मतगणना नहुने बताए ।

    भोलि बिहान सर्बदलीय बैठक राखेर मतगणना सुरु गर्ने गौतमले अनलाइनखबरलाई जानकारी दिए ।