क्यानाडाखबर संबाददाता ।
आउंदो हप्तादेखी क्यानाडाको मिसिसागामा हुने मल्टिकल्चर कार्यक्रम ‘कारासागा मल्टिकल्चर फेस्टिवल’मा नेपाली समुदायबाट भाग लिइने भएको छ ।
क्यानाडाका लागि नेपाल पर्यटन सद्भावनादुत एनबी टन्डनको पहल नेपालीहरुको समुह कारासागामा सहभागी हुँदैछ । हरेक देशका विभिन्न रितीथिती,संस्कृति,भेषभूषा झल्कने प्रस्तुतीहरु कार्यक्रममा देखाइने छ ।

क्यानाडाले हरेक वर्ष प्रत्यक सिटीमा यस्ता कार्यक्रम गर्दै आएको छ । यो वर्ष नेपालको पहिचान झल्कने विषेश समुह नाच,झांकी,नेपालको मौलिक हस्तकलाका सामाग्रीहरु सहित आफ्नो सहभागीता जनाउन लागिएको एनबी टन्डनले बताए । ‘हजारौं बिदेशीहरु भिड लाग्ने यो मेलामा हामी आफ्नो मौलिक पहिचान सहित सहभागी हुँदैछौं प्रवासमा नेपाल चिनाउने र नेपाल घुम्न जानका लागि बिदेशीहरु आग्रह गर्ने यो राम्रो प्लेटफम हो उनले भने । ‘

हजारौं सहभागीहरु चहलपहल हुने यो कार्यक्रममा नेपालका विभिन्न जातजातीले लगाउने भेषभूषा सहित गायक पूर्ण नेपालीको अगुवाइमा २० जनाको समुहले नेपाली राष्ट्रिय गीतमा सामुहिक नाच देखाउनेछन् ।
३ दिन सम्म चल्ने यो कार्यक्रम यही शुक्रबार (अर्थात मे २६ ) सांझ ६ बजे उद्घाटन हुँदैछ ।

