प्रकाश क्ष्रेत्री – क्यानाडाखबर क्यालगरी ब्युरो ।
२००५ का नेपाली तारा दिपक लिम्वु क्यानाडाको क्यालगरिमा आउने भएका छन । लिम्वुहरुको चाड सिसेक्पा तङनाम तथा बद्धजयन्तीको अवसरमा किराँत याकथङ्ग चुम्लुङ्ग क्यानाडाले आयोजनामा गर्न लागेको कार्यक्रमको प्रस्तुतिका लागि उनी यहाँ आउने भएका हुन ।
आउँदो जुन २५ मा क्यालगरि स्थित फालकोनरिज क्यास्टलरिज कम्युनिटि हलमा हुन लागेको सांस्कृतिक कार्यक्रममा उनी संगै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।
नेपालबाट क्यानाडाको क्यालगरिमा आई बसोबास गरिरहेका लिम्वुहरुको भाषा, लिपी, कला संस्कतिको संरक्षण तथा नेपालीहरु बीचको विविधता बीचको एकता र सदभाव बढाउने उद्धेश्यका साथै फण्डराइजिङ्ग गर्न कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रमका संयोजक नविन नाल्बो लिम्वुले जानकारी दिएका छन । उनले सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपश्थितीका लागि अनुरोध गरेका छन ।