प्रकाश क्ष्रेत्री – क्यानाडाखवर क्यालगरी व्युरो ।
नेपालका लागि भिषा दिन सक्ने औपचारिक व्यवस्था सहित क्यालगरीमा नेपाली अवैतानिक कन्सुलेट कार्यालयको स्थापना गरिएको छ । अलबर्टाका लागि नेपाली कन्सुलर स्टेभन हासलाई क्यानाडा लागि नेपाली राजदुत कालिप्रसाद पोखरेलले औपचारिक नियुक्ति पत्र हस्तान्तरण गर्दै कार्यालयको उदघाटन गरेका हुन् ।

त्यस्तै हिजो ‘नेपालीज कम्युनिटी सोसाईटि अफ क्यालगरी’द्धारा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै पोखरेलले हासको नियुक्तिले अलवर्टाबासी नेपालीका लागि प्रशासनिक कार्यमा सहजता मात्र नभई नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन र नेपालमा क्यानेडियन लगानी बढाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई सम्वोधन गर्दै राजदुत पोखरेलले नेपालमा घुम्न, स्वयम सेवा गर्न तथा लगानी गर्न चाहने सबैका लागि हासले भिषा दिन मिल्ने व्यवस्था गरिएको बताए उनले पावर अफ अथोर्नीको काम भने कानुनी जटिलताको कारणले गर्दा गर्न नमिल्ने स्पष्ट पारेका थिए ।

कार्यक्रममा अलवर्टाका लागि अवैतानिक कन्सुलर स्टेभन हासले लामो समय देखिको नेपालसंगको आत्मिय सम्वन्धले आफुलाई नेपालका लागि कन्सुलर बन्न उत्प्रेरित गरेको बताउदै उनले भने ‘चौध बर्ष देखि नेपालसंग मेरो आत्मिय सम्वन्ध छ । मलाई यहि कुराले नेपालका लागि केही गर्ने उत्प्रेरणा मिलेको हो ।’
त्यस्तै मेडिकल मर्सी क्यानाडाकी करीनले आफुले नेपालको धादिंग र अछाममा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताईन उनले नेपालमा स्वयम सेवाका लागि जान चाहने क्यानेडियन स्वाथ्यकर्मीका लागि दुतावासको भुमिका र सहयोगबारे जिज्ञासा पनि राखेकी थिईन ।

कार्यक्रम एनसिएससि क्यालगरीका अध्यक्ष धुव्र राईको सभापतित्व तथा क्यालगरी नेपालीज कम्युनिटी एसोसिएसनका अध्यक्ष हरिवोल शर्माको स्वागत मन्तव्य र कार्यक्रम संयोजक श्रीकान्त अर्यालको संञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएन क्यानाडाका क्यालगरी प्रतिनीधि नारायण पोखरेल, एनसिएससीका सचिव दिनेश अधिकारी, माधव दुलाल, विशाल ढुङ्गेल, धर्मराज मरासिनी, कमल अर्याल, नारायण भण्डारी लगायतले आफ्ना जिज्ञासा राखेका थिए ।