जुलाई ९, क्यानाडाखवर.कम क्यालगरी व्युरो । क्यानाडाको क्यालगरीमा हरेक बर्ष यसै समयमा हुने स्टामपिडमा नेपाली नृत्य (च्याप्रुंग नाच) प्रदर्शन गरिएको छ ।

स्टामपिड आयोजक संंस्थाले स्टामपिड शुरु हुन भन्दा अघिल्लो दिन आयोजना गरेको स्टामपिड परेडमा नेपाली लगायत दुई दर्जन बढी देशहरुले आफनो कला, संस्कृति तथा भेषभुषाको प्रदर्शन गरेका थिए ।
स्टामपिड जुलाई ७ बाट जुलाई १६ सम्म क्यालगरिको डाउनटाउन स्थित स्टामपिड पार्कमा सञ्चालन हुदै छ ।
नेपालको तर्फबाट याक्थुङ्ग चुम्लुङ्ग एशोशिएसन अफ क्यालगरीले राष्द्रिय झण्डा सहित नेपाली भेषभुषा र गहना प्रदर्शन गरि अगुवाई गरेको थियो ।

नेपालको पुर्वी पहाडमा प्रचलित लिम्बुहरुको सस्कृति झल्किने उक्त नाच हजारौले अवलोकन गरेको याक्थुङ्ग चुम्लुङ्ग एशोशिएसन अफ क्यालगरीका अध्यक्ष नविन सुव्वाले क्यानाडाखवरलाई जानकारी दिएका छन ।

कार्यक्रममा नेपालीज कम्युनिटी सोसाइटी अफ क्यालगरी, क्यालगरी नेपाली कम्युनिटी एशोशियसन लगायत अन्य नेपाली संस्थाहरुका प्रतिनिधी सहित झण्डै पचास जना कलाकारहरुको सहभागीता रहेको थियो ।