CanadaKhabar.com

Thursday, May 16, 2024 -
  • एनआरएन क्यानाडाको अधिवेशन स्थगित

    एनआरएन क्यानाडाको आसन्न अधिवेशन स्थगित भएको छ । आगामी जुलाई २३ मा हुने भनिएको निर्वाचन आन्तरिक बिबाद र कानुनी झमेलाका कारण अनिश्चित बनेको हो ।

    केही दिन अगाडि एनआरएन क्यानाडा बोर्डको बैठकले निर्वाचन क्षेत्र निर्धारणा गरेको थियो ।

    बोर्डले टोरोन्टो नजिकै रहेको स्कारब्रो सिटिलाई छुट्ट्टै निर्वाचन क्षेत्र तोकेपछी बिबाद अदालत सम्म पुगेको हो ।
    एनआरएन क्यानाडाले तत्कालका लागि निर्वाचन स्थगित भएको जनाएको छ ।