CanadaKhabar.com

Wednesday, December 17, 2025 -

क्यालगरीमा २०४ औ भानुजयन्ति

जुलाई १५, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
दशगजामा उभिएका ति फरक बर्ग र पहिचानका
एक हुल मान्छे को हुन ?
यो प्रश्न झट्ट पढ्दा कुनै राजनीतिक बाणी हुन कि भन्ने लाग्नु स्वाभाविक हो । तर यो आज क्यानाडाकोे क्यालगरीमा आयोजित साहित्यिक जमघटमा कवि भीम अर्यालले सुनाएको कविताको अंश हो ।
नेपाली साहित्य समाज क्यालगरीले आयोजना गरेको २०४ औ भानुजयन्तिको अवसरमा उपश्थित ५० भन्दा बढि साहित्यप्रेमि नेपालीहरुलाई कवि कमल भट्टराईले
तिमी धन्यमा धन्य छौ भानु
ओठ, ओंठमा छौ तिमी
शव्दबाणीमा छौ तिमी
भानु तिमी धन्यमा धन्य छौ ।

आफनो कविता मार्फत आदिकवि भानुभक्त आचार्यले नेपाललाई सामाजिक रुपमा एकिकरण गरेको चर्चा गरे । उक्त कार्यक्रममा तनहुँका शीर्षराज श्रेष्ठले पनि नेपाली भाषा र साहित्यमा भानुभक्तका कृतिहरुको विगत र बर्तमानको सान्दर्भिकता बारेमा विष्लेषण गरे ।

उनी मात्र होइन बालकवि कपिल दुलाल, विषिका ढुङ्गेलका साथै श्रष्टाहरु नविन सुव्वा, राजेन्द्र प्रसाई, राजवरसिंह थापा,पुष्पराज पौडेल रामचन्द्र भट्टराई, भुवन पराजुली, सुष्मा खनाल, चन्द्रकला घिमिरे, महेश गौतम, विशाल ढुङ्गेल, कुशुम ज्ञवाली लगायत दर्जनौ साहित्य प्रेमिहरुले पनि आदिकविको सम्झना गर्दै नेपाली समाजलाई जोड्न गरेको उनको योगदानलाई नेपालीहरुले बिर्सन नसकिने जिकिर गरे ।
आदिकविको चर्चाको क्रमलाई छिचोल्दै गजलकार धनेन्द्र न्यौपानेले
गोधुलीमा तिमी थियौ अनि मिठो बात थियो
मदिराको प्याला भरि हल्का हल्का मात थियो । नामक आफनो ऋङ्गारिक गजल सुनाए ।
त्यस्तै सर्जक जानुका नेपालले पनि
सम्झियौ की मलाई भनि खाम संग सोध्दै छु म ।
भन्दै आफनो गजल मार्फत प्रवासीहरुको विवशतालाई प्रस्ट्याउन सफल भईन । प्रतिकात्मक अंग्रेजी व्युटी वेटर नामक कविता सुनाउदै धर्मराज मरासिनीले उपश्थित सवैलाई खुवै हँसाए ।

त्यसो त कविता मार्फत आफ्नो आमाहरुको सम्झना गर्दै प्रदेशीयका छोराहरुले आफना आमाहरुको प्रशंशा समेत गर्न भ्याए ।
संस्थाका सचिव केशव मोहन अधिकारीले कार्यक्रम सञ्चालनकै क्रममा आफना मुक्तक र कविता सुनाए । कार्यक्रम संस्थाका अध्यक्ष दिपक ढकालको सभापतित्व तथा सचिव केशव मोहन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा याक्थुङ्ग चुम्लुङ्ग एशोसिएसन अफ क्यालगरीका अध्यक्ष नविन सुव्वा, नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष धुव्र राई, नेपालीज कम्युनिटी एशोसिएसन अफ क्यालगरीका उपाध्यक्ष दिनेश घिमिरे लगायतले मन्तव्य दिएका थिए । कार्यक्रमलाई समाजसेवि राजेन्द्र गौतम र माधव दुलालले प्रायोजन गरेका थिए ।