CanadaKhabar.com

Friday, June 12, 2026 -

एडमण्टनबाट गिरी निर्विरोध निर्वाचित

२० जुलाई, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
गैर आवसिय नेपाली संघ क्यानाडाको एनसिसी (२०१७ – १९) सदस्यका लागि एडमण्टनबाट सुवास गिरी निर्विरोध निर्वाचित भएका छन ।
एनआरएन क्यानाडा निर्वाचन आयोगले आहवान गरेको उमेदवारी दर्ता कार्यक्रममा एडमण्टन क्षेत्रबाट गिरीको मात्र उमेदवारी परेको बताइएको छ ।
गिरीले यस क्षेत्रबाट आफनो मात्र उमेदवारी दर्ता भएको तथा उमेदवारका लागि कसैको दावी विरोध समेत नभएकाले निर्वाचन आयुक्तलाई उद्धृत गर्दै आफु निर्विरोध निर्वाचित भएकोे आज क्यानाडाखवर संगको कुराकानीका क्रममा बताएका हुन ।
नेपालीज क्यानेडियन सोसाइटि फर एडमण्टनको खेलकुद विभाग निर्देशकका रुपमा कार्यरत गिरीले नेपालको पर्यटन विकासका लागि क्यानाडाबाट आफुले नेतृत्वदायी भुमिका खेल्ने दावी गरेका छन ।