CanadaKhabar.com

Monday, April 29, 2024 -
  • क्यालगरीको निर्वाचन हवाइटहन स्थित वेलकम सेन्टरमा

    २० जुलाई, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
    एनआरएन क्यानाडाको आशन्न निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ । क्यालगरीका लागि खटिएका एनआरएन क्यानाडाका निर्वाचन आयुक्त राजेन्द्र गौतमले आज क्यानाडाखवर.कम क्यालगरी व्युरोसंग कुराकानीका गर्दै सो कुरा बताएका हुन ।
    गौतमका अनुसार जुलाई २३ तारिख विहान ९ बजे देखि साँझ ७ बजे सम्म क्यालगरीको हवाइटहन स्थित क्यालगरी इमिग्रेसन एजुकेशनल सोसाइटि –वेलकम सेन्टर फर न्यु इमिगे्रन्टको
    Calgary Immigrant Educational Society (Welcome centre for new immigrants)
    3820 32 Street Northeast
    Calgary, Alberta, T1Y7L9 भवनमा निर्वाचन हुनेछ ।
    निर्वाचनका लागि उनको नेतृत्वमा ७ सदस्य निर्वाचन कमिटी गठन गरिएको छ । जसको सदस्य सचिवमा ज्ञानेन्द्र पोखरेल र सदस्यहरुमा धुव्र राई, हरिवोल शर्मा, नारायण पोेखरेल, विभु ओझा, र राजेन्द्र प्रसाई रहेका छन ।
    निर्वाचन शान्तिपुर्ण ढँङ्गले हुृने दावी गर्दै गौतमले सबै मतदाताहरुलाई ढुक्कसंग निर्वाचनमा भाग लिन आग्रह समेत गरेका छन । उनले क्यालगरीमा क्रियाशील सम्पुर्ण नेपाली संघसंस्थाको सहयोग र सहकार्यमा निर्वाचन सम्पन्न हुन लागेको बताए ।