CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • एनआरएन अमेरिकाउपाध्यक्षका उम्मेदवार भुवन आचार्य माथि उजुरी

    क्यानाडाखबर संवाददाता अमेरिका ब्युरो ।

    गैर-आवासीय नेपाली संघ ( एनआरएन ) अमेरिका २०१७-२०१९ को निर्वाचनका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका टेक्सासका भुवन आचार्य बिरुद्द राष्ट्रिय निर्वाच आयोगमा उजुरी परेको छ । उपाध्यक्ष पदका उम्मेदवार आचार्य राजनीतिक पार्टीको संगठनमा आवद्ध रहेकोले एनआरएन एनसीसी अमेरिकाको विधान विरुद्ध हुने र उपाध्यक्ष पदका लागि अयोग्य ठहरिने भन्दै आयोगमा उजुरी परेको कुरा एक श्रोतले बताएको छ ।

    गैर-आवासीय नेपाली संघ ( एनआरएन ) को बिधान अनुसार कुनै पनि पदमा उम्मेदवार हुनका लागि कुनै पनि राजनीतिक पार्टीमा संग्लन नभएको हुनु पर्ने भन्ने स्पष्ट प्रावधान रहेको छ । निर्वाचन आयोगले उम्मेद्वारी दर्ताको दर्खास्त माग्दा प्रष्ट संग विधि र विधानका कुरा उल्लेख गरेको थियो । तर भुवन आचार्यले भने नेपाली कांग्रेसको प्रवासी भात्री संगठनको रुपमा चिनिएको जनसम्पर्क समिति केन्द्रिय सल्लाहकारमा बहाल रहे कै बेला उम्मेद्वारी दिएको पाइएको छ । श्रोतका अनुसार उम्मेद्वारी दर्ता गरि सके पछि सम्म आचार्य केन्द्रिय सल्लाहकार पदमा यथावत छन् ।

    आचार्यले निर्वाचन आयोगमा भर्खरै राजनीमा पत्र पठाएको जानकारी पाइए पनि जन सम्पर्क समिति अमेरिकामा कुनै पनि राजिनामा पत्र न आएको श्रोतले बताएको छ । राजनीमा पत्र नै न आए पछि स्वीकृति हुने कुरै भएन । विधानत उम्मेदवारी दर्ता हुनु पूर्व नै राजनीतिक पार्टीको जिम्मेवार पदबाट राजिनामा गरि स्वीकृति भई सक्नु पर्ने वा कुनै पनि राजनीतक पार्टीको संगठनमा आवद्धता नभएको हुनु पर्ने थियो । त्यसैले विधानत आचार्यको उम्मेद्वारी अयोग्य हुने र स्वत खारेज हुनु पर्ने कुरा श्रोतले बताएको छ । उनको उम्मेदवारी परे पछि गरिएको राजिनामा र स्वीकृत गरिएको राजीनामा कानुनत मान्य हुने छैन ।

    यस विषयमा भुवन आचार्यसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । निर्वाचन आयोगले दाबी विरोध र उजुरी परेका उम्मेदवारहरुको नामावलीहरु छानबिनको क्रमलाई अन्तिम रुप दिंदै छ । उपाध्यक्ष उम्मेदवार आचार्यको उम्मेद्वारीबारे निर्वाचन आयोगले गम्भीर ढंगले छानबिन हुने र विधान बमोजिम नदेखिएमा खारेज हुने कुरा बताइएको छ । विधि विधान अनुसार नै अध्यक्षका प्रत्यासी गौरी जोशीको नाम २/२ पटक सम्म पनि प्रकाशन नगर्ने निर्वाचन आयोगले आचार्य उम्मेद्वारीलाई के गर्छ त्यो भने हेर्न बाँकी छ ।

    उपाध्यक्ष उम्मेदवार भुवन आचार्य टेक्सास निवासी हुन् र गौरी जोशी समुहले आचार्यलाई उक्त्त पदका लागि प्रचार गरिरहेको छ । यता एनआरएन अमेरिकाका अर्का अध्यक्ष प्रत्यासी रविना थापाले पनि भुवन आचार्यको नाम आफ्नो समूहमा प्रचार गरि रहेको छ ।