काठमाडौं । लगातारको वर्षापछि आएको भीषण बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ६४ पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगले दिएको जानकारी अनुसार अझै बाढी र पहिरोमा परि ३६ जना अझै बेपत्ता भएका छन् ।

४४ जना घाइते भएका छन् । बाढी र पहिरोले देशका विभिन्न स्थानमा ७ सय २८ घर पूर्ण क्षति भएको छ भने २१ सय ५३ घरमा आंशिक क्षति पुगेको आयोगले जनाएको छ ।
आयोगले राहत र उद्दार कार्य प्रभावकारी नभएको भन्दै प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
