क्यानाडाखबर संबाददाता ।
टोरोन्टो क्यानाडा

बाढी र पहिरोले देश नै आक्रन्त बनिरहेको बेला एनआरएन क्यानाडाले क्यानाडाबासी नेपाली समुदायलाई राहत संकलनमा सहयोग पुर्याउन अपिल गरेको छ ।
एनआरएन क्यानाडाका नवनिर्वाचित अध्यक्ष गोपी काफ्ले र महासचिव चिरन घिमिरेले संयुक्त विज्ञप्ती जारी गर्दै सहयोगका लागि आग्रह गरेका हुन् । एनआरएन मार्फत बाढी पीडितलाई सहयोग गर्न चाहनेले संस्थाको वेभ साइट मार्फत अनलाइन इमेरजेन्सी फन्डमा रकम जम्मा गराउन सक्नेछन् ।
बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ भने अरबौको भौतिक क्षती भईसकेको गृह मन्त्रालयले जनाएको छ । देशको यो असहज परिस्थितीमा उद्दारका लागि खटिन सरकारले आफ्ना सबै निकाय निर्देशन गरिसकेको छ ।