अगस्ट १९, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।

पहाडमा जाडो बढे, तराईले सेक्नु पर्छ । आधी आए तराईमा पहाडले छेक्नुपर्छ । होइन भने, देशभक्ति छैन हाम्रो छाति भित्र …………
गीतमा भनिए झै यो पटक तराईमा बाढी आउँदा पहाडले मात्र होइन प्रवासमा बसिरहेका नेपालीहरुले पनि छेक्ने प्रयास गरिरहेका छन । पहाडमा भुकम्प आउँदा होस या तराईमा बाढी आउँदा प्रवासीहरु एक ढिक्का हुने गरेका छन ।

नेपालको पुर्वी तराई भागमा आएको बाढीका कारण देश जलमग्न भएको छ । सयौले ज्यान गुमाए भने हजारौ घरबार विहिन भएका छन । । यस पटक पनि क्यालगरीबासी नेपालीहरु बाढि प्रभावितहरुका लागि राहत संकलनमा एकजुट भएर लागेका छन ।
नेपालीज कम्युनिटी सोसाइटी अफ क्यालगरीले हिजो आयोजना गरेको तिज बिशेष कार्यक्रममा समेत नेपाली दिदिवहिनीहरुले राहत संकलनमा अगुवाई गर्न भ्याए । देशलाई विपद परेको बेला तीजलाई फरक ढंङ्गले मनाउनु पर्ने भन्दै कार्यक्रमबाट संकलित रकम प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका छन ।
हिजो सम्पन्न “तीजको दरखाने” कार्यक्रममा उपश्थित दिदिवहिनीहरुले राहत स्वरुप व्यक्तिगत रुपमा समेत सहयोग गरेका छन । क्यालगरीको मार्लब्रो कम्युनिटी हलमा सम्पन्न कार्यक्रममा बाढी प्रभावितका लागि राहत संकलन बाकस राखिएको थियो ।

कार्यक्रममा स्थानिय लोक गायक बुद्धि अधिकारीले आफनो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा अलबर्टाका गभरमेन्ट मिनिस्टर अफ कक्युनिटी एण्ड सोसल सर्भिस इरफान सविर, नेपाली महाबाणिज्य दुत स्टिभ हयास, एमएलए ग्रिनवे प्रव गिल, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
