क्यानाडाखबर संवाददाता- अटोवा ।
क्यानाडाको राजधानी अटवामा नेपाली महिलाहरुको महान चाड तिज मनाएका छन । १७० भन्दा बढी महिला, पुरुष तथा बालबालिकाहरुकोे सहभागिता रहेको सो कार्यक्रम गैर आवासीय नेपाली संघ क्यानाडाले आयोजना गरेको थियो ।

विभिन्न कार्य ब्यस्तताका बावजुत पनि महिलाहरुले आफ्नो आफ्नो घरबाट विभिन्न परिकारहरु बनाएर ल्याई सामुहिकरुपमा तिजको दर खाएर नाचगान गरी हालसालै नेपालमा आएको बाढी पिडितहरुको लागि रकम संकलन गरेका छन ।
‘उदेश्यको लागि सेलिबे्रशन’ नाम दिइएको सो कार्यक्रममा उपस्थित सबैले चन्दा संकलन गरी क्यानेडियन डलर ५५० गैर आवासिय नेपाली संघको बाढी पिडीत कोषमा जम्मा गरेका छन ।

गैर आवासिय नेपाली संघ, क्यानाडाले नेपालमा बाढी पिडीतको लागि क्यानाडा भरी छरिएर रहेका नेपाली, नेपाली क्यानाडियन तथा अन्यबाट सहयोग संकलन गर्दै आइरहेको छ एनआरएन क्यानडाका उपाध्यक्ष रमेश बानियाको संयोजकत्व तथा सरस्वती सुवेदी, चिजु गौतम, रत्ना शर्मा लोहनी, संगीता राउत तथा सुचीता दवाडीको बिशेष सक्रियतामा भएको सो कार्यक्रम हालसम्मकै अटवामा मनाईएको तिज कार्यक्रम मध्य सबैभन्दा भब्य रहेको सहभागीहरुले बताए ।