CanadaKhabar.com

Wednesday, April 2, 2025 - 23:16:36
  • क्यानाडामा कला तथा साहित्य प्रतियोगिता हुँदै

    गोविन्दसिंह राउत

    नेपालिज कम्युनिटी नेटवर्क अफ क्यानडा र नेपाली साहित्य समाज, क्यानडाको संयूक्त आयोजनामा क्यानाडा बासी नेपाली युवाहरु विच पहिलोपटक आयोजना हुन गईरहेको कला तथा साहित्य प्रतियोगितामा सहभागिताका लागि सबैमा सादर अनुरोध गर्दछौं । गायन, नृत्य र कविता/मुक्तक/गजल/गीत वाचन विधामा हुने यस प्रतियोगितामा पाँच वर्षदेखि एक्काइस वर्षसम्मका बाल तथा युवा वर्गका प्रतीभाहरुले आआफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने छन् ।

    पहिलोपटक हुन गईरहेको क्यानडाव्यापी यस कला तथा साहित्य प्रतियोगितामा दुई वर्गमा प्रतीभाहरुको मुल्यांकन गरिने छ । पहिलो उमेर समुहमा पाँच देखि बाह्र वर्षका बाल प्रतीभाहरुको बिचमा र दोस्रो उमेर समुहमा तेह्र देखि एक्काइस वर्षका युवा प्रतीभाहरुका बीचमा विधागत प्रतियोगिता हुने छ । दुवै उमेर समुहका विजयी प्रतीभाहरुलाई विधागत प्रथम, द्वितीय र तृतीय पुरस्कारबाट सम्मानित गरिनुका साथै पदक तथा प्रमाणपत्रबाट विभुषित गरिने छ । प्रतियोगिताबाट वर्षको उत्कृष्ठ प्रतीभा समेत घोषणा गरिने छ । पुरस्कृत नभएका प्रतियोगीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिने छ । यस कार्यक्रममा आफ्ना बालबच्चाहरुलाई सहभागिताका लागि प्रोत्साहित गरिदिन अविभावकहरुमा हार्दिक अनुरोध गर्दछौं ।

    कार्यक्रम अगस्त २७, २०१७ (आईतबार) का दिन ब्राम्टन आयोजना हुँदैछ । सहभागिका लागि निम्नलिखित जानकारी आयोजक समितिलाई अगस्त २०, २०१७ भित्रमा ईमेल मार्फत तलको ईमेल ठेगानामा उपलब्ध गराइसक्नु पर्नेछ । कार्यक्रममा साहित्य तर्फ कविता, मुक्तक, गीत र गजल बाचन र कला तर्फ गायन र नृत्य मात्रै समाबेश गरिने व्यहोरा समेत अनुरोध छ। प्रतियोगितामा कविता, गीत र नृत्यमा सकेसम्म नेपाली भाषालाई प्राथमिकता दिएता पनि अंग्रेजी भाषालाई पनि समाबेश गरिने छ I

    सहभागिताका लागि बुझाउने पर्ने विवरण ः–

    (१) नाम (२) जन्म मिति वा उमेर (३) लिङ्ग (४) सहभागि हुने विधा (५) अध्ययनरत संस्थाको नाम (६) ईमेल (७) फोन नं. (८) ठेगाना

    गायन, नृत्य र कविता विधामा सहभागिता जनाउनका लागि क्रमश: गीतको शिर्षक, नृत्य गरिने गीतको बोल र पुरा कविता/मुक्तक/गीत/गजल आफ्नो व्यक्तिगत विवरण सहित बुझाउनु पर्ने छ ।

     

    Save

    Save