CanadaKhabar.com

Monday, December 15, 2025 -

क्यानाडामा नेपाली म्युजिक भिडियो

क्यानाडाखबर संबाददाता – टोरोन्टो ।

पछील्लो समय नेपाली सांगितिक क्षेत्रमा जम्दै आएका गायक सुनिल सिहंको नयाँ गित ‘आंखा मुटु’ को म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरिएको छ ।

श्रीकृष्ण फ्युयाल र छवी पाण्डेले भिडियोको निर्देशन गरेका हुन् । क्यानाडामा निर्माण गरिएको भिडियोमा मोडल रोशन केसी र एलिशा राजभण्डारीले अभिनय गरेका छन् । मोडल केसीले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

सिद्दार्थ इन्टरटेन्मेण्टले निर्माण गरेको गितमा विश्वजित मल्लको संगित र रुपेश हमालले शब्द भरेका छन् ।

Save