क्यानाडाखबर संबाददाता -टोरोन्टो ।
एनआरएन क्यानाडा पुर्व उपाध्यक्ष अभिमन्यू बस्नेत बाढी पीडित क्षेत्रहरु राहत बितरण गर्न ब्यस्त छन् ।
तराईमा ठुलो क्षती पुग्नेगरी बाढी आए लगत्तै एनआएनको केन्द्रिय टोलीनै यतिबेला तराईका विभिन्न जिल्लाहरुमा राहत वितरण गर्न जुटिरहेका छन् । एनआरएनले बिभिन्न देशहरुमा आफ्नो संगठन मार्फत राहत संकलन गरेको थियो ।

बाढिले सिङ्गो तराई पिडामा परेको बेला सकेको मद्दत गर्न एनआरएन जुटिरहेको र आफु पनि यो अभियानमा सकृय रहेको बस्नेतले बताए ।
