CanadaKhabar.com

Monday, April 29, 2024 -
  • क्यालगरीमा डाँफे कप तथा म्युजिक कन्सर्ट हुने

    २८ अगस्ट, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
    हरेक बर्ष नेपालीहरु बीच मैत्रीपुर्ण खेलकुद प्रतियोगिता गर्दे आएको क्यालगरि स्थित डाँफे स्पोर्टस क्लवले यस बर्ष पनि डाँफे कप तथा म्युजिक कन्सर्ट’ को आयोजना गर्ने भएको छ ।
    यहि सेम्टेम्वर २ र ३ तारिख क्यालगरीको विशप ओवराएन हाइ स्कुलको खेल मैदानमा खुल्ला पुरुष सकर, महिला सकर र ३० प्लस भेद्रेन सकर प्रतियोगिता हुनेछ । यस्तै क्लियरवन कन्द्रिहिल खेल मैदानमा खुल्ला पुरुष (एकल तथा डवल) व्याडमिन्टन र महिला व्याडमिन्टन (एकल) प्रतियोगिता हुनेछ ।
    क्यानाडामा बसोबास गर्ने नेपालीहरु वीच हुने राष्द्रिय स्तरको उक्त प्रतियोगिता पश्चिम क्यानाडाका एडमण्टन, क्यालगरी तिबेतन, लेथव्रिज, भ्यानकुभर र साच्काटुनका टिमहरु सहभागि हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
    प्रतियोगिताका दोस्रो दिन पिनरिच कम्युनिटी हलमा हुने म्युजिकल कन्सर्टमा नेपाली पप गायक निमा रुम्वाको प्रस्तुति रहने छ । यस्तै सोही अवसर पारि पुरुष सकर खेलमा विजयी टिमलाई द्रफि सहित १ हजार (क्यानेडियन डलर) नगद र अन्य प्रतियोगिताका विजयी टिमलाई द्रफि सहित पुरस्कृत गरिने आयोजक कमिटीका अध्यक्ष श्याम कार्कीले जानकारी दिएका छन ।
    उक्त प्रतियोगिताका लागि क्यालगरीमा कार्यरत नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीले ८ सय डलर, किराँत याक्थुङ्ग चुम्लुङ्ग क्यानाडाले १ सय डलर, याक्थुङ्ग चुम्लुङ्ग एशोसियसन अफ क्यालगरीले ४ सय डलर, दोर्जे लामा –रियल्टरले ४ सय डलर राजेन्द्र चुम्वाङ्गले १ सय डलर र हेमन्त अर्यालले १ सय डलर बराबरको (द्रफि ) पुरस्कारको प्रायोजन गरेको छ ।