CanadaKhabar.com

Friday, May 17, 2024 -
  • क्यानाडामा ‘नेपाल कप’ फूटबल

    क्यानाडाखबर संबाददाता – टोरोन्टो ।

    जनजाती संघ क्यानाडाले बिगत बर्षमा झै यो वर्ष पनि क्यानाडाब्यापी फूटबल प्रतियोगिता आयोजना गरेको छ । क्यानाडामा रहेका १३ नेपाली फूटबल टोलीले खेलमा सहभागीता जनाउंदै छन् ।

    यो पटक महिलाको टिमले पनि खेल खेल्ने आयोजकले बताएका छन् । सेप्टेम्बर ३ आईतवार स्टाण्डउड स्पोर्टस फिल्ड मिसिसागामा खेल संचलन हुनेछ ।

    क्यानाडामा रहेका नेपालीहरुको खेलकूदमा बिकास होस् भन्ने हेतुले यस्ता कार्यक्रम हरेक वर्ष गर्दै आएको जनजाती संघ क्यानाडा अध्यक्ष गिरी बुढाथोकीले बताए । जनजातीले हरेक वर्ष फूटबल प्रतियोगिता गर्दै आएको छ ।