CanadaKhabar.com

Friday, May 17, 2024 -
  • एनआरएन अमेरिकाको नेता छान्न आजदेखि मतदान

    क्यानडा खबर संवाददाता
    ५ सेप्टेम्वर, अमेरिका ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)अमेरिकामा नेता छान्न आज बुधवार र भोली विहिवार मतदान हुदैछ । नेतृत्वका लागि वर्तमान समितिकै ४ पदाधिकारी मैदानमा छन् । वर्तमान अध्यक्ष डा. केशव पौडेलसहीत वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, रामसी पोखरेल र रविना थापा अध्यक्षको दौडमा छन् ।
    आइसिसी सदस्य, एनसीसी पदाधिकारी, च्याप्टर संयोजक सहीत पदाधिकारीमा गरेर २ सय २७ जना उम्मेद्वार रहेका छन् । उनीहरु कतिपय समुहमा छन् भने कतिपय स्वतन्त्र रुपमा रहेका छन् । कुल ३ सय १६ पदमा निवार्चन गराउनुपर्ने भएपनि २६ राज्य च्याप्टर मध्ये ६ च्याप्टरका लागि उम्मेद्वारी नै नपरेकाले उम्मेद्वारको संख्या नै कम हुन गएको हो । आइसीसी मेम्वरमा आठ पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एनसीसीको २५ सदस्यीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा तीन तथा महासचिवमा चार जना उम्मेदवार रहेका छन् । सबै भन्दा बढी चार उपाध्यक्षका लागि १५ जना उम्मेदवार छन् । बोर्ड अफ डाइरेक्टरमा ११ पदका लागि ३३ जना भिड्दैछन् ।
    विद्युतीय माध्यमवाट मात्रै मतदान व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार मतदाताको इमेलमा भोटिगं लिंक पठाएर आज विहान ८ वजेदेखि मतदान प्रक्रिया सुरु भई भोलीमध्यरातसम्म मतदान दिन सकिने छ । समितिले मतदान सकिएको २४ घण्टा भित्र मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको जनाएको छ । यसपटक राइट टु रिजेक्ट (नो भोट) अर्थात कसैलाई मत हाल्दिन भन्ने सम्मको व्यवस्था रहेको छ ।
    यसैविच,उम्मेद्वारहरु अन्तिम कसरतमा लागेका छन् । निवार्चन समितिले शुन्य समय निर्धारण गरेपछि अहिले खुला र सार्वजनिक रुपमा चुनावी प्रचार प्रसार नगरेपनि उम्मेद्वारहरु आन्तरिक तयारीमा जुटेका छन् । अध्यक्षका चारै जना उम्मेद्वारहरुले आफुहरुको जीत सुनिश्चित रहेको दावी गर्दै चुनावपछि पनि एकतावद्ध एनआरएनए बनाएर लैजान आफुहरुको भुमिकामा कमी नहुने बताएका छन् । विश्वसन्देशसगको कुराकानीमा उनीहरुले मतदान प्रक्रिया सकिएपछि सवै समुहहरु अव एउटै समुह बन्नेमा जोड दिए ।
    एनआरएनएलाई अझै शसक्त एकतावद्ध बनाएर लग्नुपर्ने र त्यसमा सवैको साथ आवश्यक रहेको अध्यक्षका उम्मेद्वार डा. केशव पौडेल बताउछन् ।
    म सबै मतदाता एनआरएन सदस्यहरुलाई आफ्नो अधिकार प्रयोग गर्न आग्रह गर्दछु । अध्यक्षका उम्मेद्वार डा. पौडेलले भने सही नेतृत्व चयन गरेर एनआरएनएलाई शसक्त बनाएर लैजानु जरुरी छ ।
    अध्यक्षका अर्का उम्मेद्वार कृष्ण पोखरेलले विचार गरेर मतदान गर्न सवैमा आग्रह गर्छन् । विना आग्रह पुर्वाग्रह भएर स्वतन्त्र रुपमा मतदान गर्न सवैमा आग्रह गर्छु । कृष्णले भने सही नेतृत्वले मात्रै सही दिशा दिन सक्छ, त्यसैले सोचेर मात्रै मतको प्रयोग गर्नुहा्स् ।
    अर्का अध्यक्षका उम्मेद्वार राम सी पोखरेल चुनाव एउटा प्रक्रिया मात्रै भएकाले यसलाई प्रजातान्त्रिक विधिको रुपमा मात्रै वुझ्नुपर्ने बताउछन् । चुनावमा गएपछि परिणाम निकाल्न मतदान पनि हुने गर्छ यो एउटा विधि हो । उनले भने मतदाताले दिएको मतले जित हार मात्र होइन त्यसले सगैं मिलेर जान उत्प्रेरित पनि गर्छ ।
    त्यस्तै, अर्की अध्यक्ष पदका उम्मेद्वार रविना थापा सवै मिलेर अघि वढ्न सक्ने वातावरण चुनाव पछि पनि सिर्जना हुनेमा आशावादी छिन् । चुनावी अभियानमा गएपछि जित्ने सोच सवैंको हुन्छ, मतको आश सवैले राखेका हुन्छन् । उनले भनिन् मतदान एउटा प्रक्रिया हो, त्यसपछि पनि हामी सबै मिलेर अघि वढ्नुपर्दछ ।