
क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा ।
जनजाती संघ क्यानाडाले हरेक वर्ष गर्दै आएको फूट्बल प्रतियोगिता यो पटक पनि सम्पन्न गरिसकेको छ । क्यानाडा र युनाइटेड स्टेट अमेरिकाका गरी १२ नेपाली फूटबल टिमले सहभागीता जनाएको खेलमा अटोवाको युनाइटेड फूट्बल क्लबले खेलको उपाधी जितेको थियो ।

‘नेपाल कप’ सम्पन्न गर्न सहयोग पुर्याउने स्वयम्सेवक,स्पोन्सर,मिडिया पाटनर लगायतलाई आईतवार सांझ एक धन्यवाद कार्यक्रम आयोजना गरी सम्मान ब्यक्त गरेको छ । ‘सबैको चौतर्फी सहयोगले नै कार्यक्रम सफल हुन पुगेकाले उहांहरुकै सम्मानमा यो कार्यक्रम राखिएको हो ।’ जनजाती संघ क्यानाडाका अध्यक्ष गिरी बुढाथोकीले भने ।
कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष गोपी काफ्ले र जनजाती संघ क्यानाडाका अध्यक्ष गिरी बुढाथोकीले संयुक्त रुपमा सम्मान पत्र बितरण गरेका थिए ।

ब्राम्टोनस्थित एभरेष्ट तेक्वान्दो हलमा आयोजित कार्यक्रममा जिटिएमा अबस्थीत नेपाली संघ संस्थाका प्रतिनिधिहरुले जनजाती संघले नेपालीहरुको खेलकूद बिकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै संघलाई धन्यवाद ब्यक्त गर्दै आसन्न पर्व दसैंको शुभकामना समेत ब्यक्त गरे ।









