
१३ सेम्टेम्वर, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
केहि साता अघि नमुना नेपाल निर्माण गर्ने घोषणा गरेका कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई क्यानाडाबासी नेपालीले लाखौ नगद सहित क्यानाडाको अलवर्टा राज्यमा भव्य स्वागत गरेका छन ।
बाढी प्रभावितहरुको बासस्थान निर्माणका लागि सहयोग जुटाउन केहि दिन अघि क्यानाडा आइपुगेका उनीहरुलाई अलवर्टामा कार्यरत नेपाली संस्थाहरुले एक पछि अर्काे गर्दै नगद सहित सम्मान गरिरहेका छन ।

गत शनिवार क्यालगरीमा आयोजित धुर्मुस सुन्तली साँझ कार्यक्रममा आयोजक कमिटीले नेपाली १० लाख रुपैया सहित सम्मान गरेको थियो । कार्यक्रममा बाढी प्रभावितहरुका लागि राहत संकलन पेटिका समेत राखिएको थियो । उक्त राहत पेटिकामा झण्डै ४ हजार ५ सय क्यानेडियन डलर संकलन भएको र उक्त संकलित रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिने आयोजकले उदघोष गरेको थियो ।

नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीले छुट्टै कार्यक्रमको आयोजना गरि उनीहरुलाई ५ हजार क्यानेडियन डलर सहित सम्मान गरिएको थियो । हिजो क्यालगरी नेपलीज कम्युनिटी एशोशिएसनले पनि एक समारोहका बीच उनीहरुलाई ५ हजार क्यानेडियन डलर सहित सम्मान गरेको थियो ।

त्यस्तै अलबर्टाको एडमण्टनमा पनि स्थानिय नेपाली समुदायको पहलमा एक समारोह वीच उनीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमबाट संकलित १० हजार ७ सय ७५ क्यानेडियन डलर धुर्मुस सुुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक हेमन्त शिवाकोटीले जानकारी दिएका छन ।

अलबर्टा राज्यबाट धुर्मुस सुन्तली फाउण्डेशनका लागि झण्डै ४० हजार क्यानेडियन डलर सहयोग गर्न पाउँदा निकै खुशी लागेको धुर्मुस सुन्तली साँझ कार्यक्रमका गेस्ट रिलेसनसिप म्यानेजर प्रशन्नमान श्रेष्ठले बताएका छन ।