CanadaKhabar.com

Tuesday, April 30, 2024 -
  • क्यालगरीमा दशैतिहार विशेष कार्यक्रम हुँदै

    १८ सेम्टेम्वर, क्यानाडाखवर.कम , क्यालगरी व्युरो ।
    नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरी (एनसिएससी) ले दशैतिहार सेलेव्रेसन तथा पुर्ण नेपाली साँझको आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशै तिहारलाई लक्ष्यित गरि आयोजना गरिने कार्यक्रममा सदावहार गायक पुर्ण नेपालीको मुख्य प्रस्तुति रहने छ ।
    क्यालगरीको नर्थइस्ट स्थित मार्लव्रो कम्युनिटी हलमा सेम्टेम्वर २३ तारिख हुन लागेको कार्यक्रममा लोक गायक बुद्धि अधिकारी लगायत स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने जनाइएको छ ।
    उपश्थितीका लागि सम्पुर्ण नेपालीहरुलाई आग्रह गर्दै कार्यक्रम संयोजक श्रीकान्त अर्यालले कार्यक्रमको प्रत्यक्ष अवलोकन तथा डिनरका लागि क्यानेडियन १५ डलरको टिकट बजारमा उपलव्ध गराईएकोे बताएका छन ।
    नेपाली भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा दर्जनौ नेपाली इतरका अतिथीहरुले अवलोकन गर्ने बताइएको छ ।
    उनीहरुलाई लक्ष्यित गरि नेपालीहरुको महान पर्व दशैं सम्वन्धि जानकारी मुलक भिडियो, साँस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुति गरिने एनसिएससीकी मिडिया कोर्डिनेटर प्रविना भण्डारीले क्यानाडाखवरलाई जानकारी दिएकी छिन ।

    Save