CanadaKhabar.com

Tuesday, March 17, 2026 -

एनआरएन उत्तर अमेरिकाको क्षेत्रिय संयोजकमा गिरी बुढाथोकीले उम्मेद्बारी दिदै

क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचनमा एनआरएन क्यानाडाका पुर्व उपाध्यक्ष तथा जनजाती संघका अध्यक्ष गिरी बुढाथोकीले उत्तर अमेरिका क्षेत्रिय संयोजकको पदमा उम्मेद्वारी दिने भएका छन् ।

क्यानाडामा लामो समय देखी बस्दै आएका गिरी रेष्टुरेन्ट ब्यबसायी हुन् । क्यानाडामा रहेका नेपालीहरु माझ परिचित बुढाथोकी जनजाती महासंघका नेता समेत हुन् ।

 

गिरीले उत्तर अमेरिकाका रहेका नेपालीहरुलाई एकिक्रित गर्दै सामाजिक रुपमा सकृय बन्ने प्रतिबद्दता सहित आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् ।क्यानाडाखबर डट कम मार्फत आफ्नो उम्मेद्ववारी सार्वजनिक गर्दै उनले भने ‘प्रवासमा रहेका नेपालीको हक हितमा काम गर्न म प्रतिबद्द छु यो पटक मलाई साथ र सहयोग पुर्याइदिन सबैमा अपिल गर्छु’ ।

गैर आवासिय नेपाली संघको ८ औं  विश्व सम्मेलन अक्टोबर १४ मा हुँदैछ । काठमाडौंको हायत रिजेन्सी हुने सम्मेलनमा विश्वभरका गैर आवासिय नेपाली भेला भएर सिङ्गो एनआरएनको नेत्रित्व छनोट गर्नेछ ।

यसै बिषयमा उनी संग गरिएको कुराकानी छिट्टै प्रकाशित हुनेछ – सम्पादक