CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • एनआरएन नर्थ अमेरिकाको उप-संयोजकमा क्यानाडाबाट किस्मत भण्डारीको उम्मेद्वारी घोषणा

    क्यानाडाखबर संवाददाता – टोरोन्टो क्यानाडा ।

    गैर आवासिय नेपाली संघको केन्द्रिय अधिबेशनले नजिकिदै गर्दा उम्मेद्वारहरुको चर्चा परिचर्चा ब्यापक छ । गैर आवसिय नेपाली संघको ८ औं अधिबेशनले केन्द्रिय र क्षेत्रिय नेत्रित्व सहित आगामी कार्यनिती तय गर्नेछ ।

    पछील्लो समय एनआरएन क्यानाडाका प्रतिनिधिहरु पनि निर्वाचनका लागि नेपालमा सकृय छन् । नर्थ अमेरिको क्षेत्रिय संयोजक,उपसंयोजकको पदमा प्रतिस्पर्दात्मक रुपमा उम्मेद्बारी दिने क्रम जारी छ । संख्यात्मक हिसाबले निकै कम सदस्य भएको देश भएता पनि केन्द्रिय निर्वाचनमा भने चासो र पदिय दाबी भने चर्को छ ।

    एनआरएन क्यानाडाका पुर्व प्रवक्ता किस्मत भण्डारीले गैर आवासिय नेपाली संघको निर्वाचनमा उत्तर अमेरिका क्षेत्रिय उप-संयोजकको उम्मेद्बारी दिने भएका छन् आईतवार सांझ क्यानाडाखबर संगको संबादमा उनले उम्मेद्बारी दिने घोषणा गरेका हुन् । ‘नर्थ अमेरिकामा रहेका नेपाली समुदायसंग नजिकिएर काम गर्ने इच्छा र नेपाली समाजमा समर्पित हुँदै अघी बढ्ने प्रतिबद्दता सहित आफ्नो उम्मेद्बारी दिदैछु’ उनले भने ।’

    झन्डै २ दशक अगाडी युनाइटेड स्टेट अमेरिका हुँदै आफ्नो प्रवासी जीवन सुरु गरेका भण्डारी सात वर्षदेखी स-परिवार क्यानाडा रहदै आएका छन् । मिलनसार,सरल र सहयोगी स्वभाबका उनले नेपाली समुदायमा सँधै अग्रपंत्तिमा रहेर सामाजिक कार्यमा सहयोग गर्ने गरेको पाईन्छ।

    प्रध्यापन पेशामा लागेका डाक्टर भण्डारी नेपाली समुदायको गतिबिधीमा सकृय भई लाग्ने ब्यक्तीहरु मध्य एउटा चर्चित नाम हो ।

    Save

    Save