CanadaKhabar.com

Monday, May 13, 2024 -
  • एडमण्टनमा सामुहिक नौरथा पुजा तथा नाटक मञ्चन

    अक्टोवर ७, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
    क्यानाडाको एडमण्टनबासी नेपालीहरुले सामुहिक पुजा तथा नाटक मञ्चन गरि दशै पर्व धुमधाम संग मनाएका छन । नेपाली भाषा, कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्धेश्यले अलवर्टा राज्यको एडमण्टन सहरमा कार्यरत नेपाली संस्था वी एण्ड द वल्र्ड ले कार्यक्रमको आयोजना गरेको थियो ।

    कार्यक्रममा स्थानीय कलाकारहरुको नेपाली कला संस्कृति झल्किने सांगितिक प्रस्तुतिका साथै बैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथामा आधारिर्त जीत हो जिन्दगी’ नामक नाटक मञ्चन गरिएको थियो ।
    निश्चल नेपाल र यशस्वी लम्सालको मुख्य भुमिका रहेको उक्त नाटकमा निश्रृता वानिया, हिमलाल गौतम, शालिग्राम अधिकारी, प्रविन नेपाल, अम्विका तिवारी, गिव्सन ढकालले अभिनय गरेका थिए । त्यस्तै बाल–कलाकार शुभम अधिकारी र मिमाँसा रिजालले पनि अभिनय गरेका थिए ।

    निश्चल नेपालको लेखन तथा निर्देशन रहेको उक्त नाटक शालिग्राम अधिकारीले सहलेखन गरेका थिए भने शिक्षिका शाम्भवी नेपाल सहित गुरुकुल पाठशालाका झण्डै ४५ जना विधार्थीहरुले विधिवत नौरथा पुजा अर्चना गरेका थिए ।
    शालिग्राम अधिकारीको कार्यक्रम संयोजन तथा कार्यबाहक अध्यक्ष सर्जु रञ्जितको स्वागत मन्तव्य रहेको कार्यक्रम गुरुकुलकी शिक्षिकाद्धय कादम्विनी न्यौपाने र श्रृजना बस्नेतले सञ्चालन गरेकी थिइन ।