CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • प्रवासी नेपाली मन्च क्यानाडाले आयोजना गर्‍यो शुभकामना आदान-प्रदान कार्यक्रम

    क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।

    प्रवासी नेपाली मन्च क्यानाडाले नेपालीहरुको मुख्य पर्व दसैं तिहारको अवसर पारेर शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ । गत शनिबार ब्राम्टोन स्थित भुखरा ग्रिल रेटुरेन्टमा जमघट भई एक आपसमा शुभकामना आदान प्रदान गरिएकोको थियो ।

    कार्यक्रममा एनआरएन क्यानाडाका अध्यक्ष गोपी काफ्ले, नेपाली जनसंपर्क समिती क्यानाडाका अध्यक्ष तुल्सी पौडेल, हेरिटेजका अगुवा हरी गुरुङ , एनआरएन क्यानाडाका बोर्ड सदस्यहरु, प्रवासी मन्चका सदस्य – शुभचिन्तक लगायतको उपस्थिती थियो ।

    उपस्थित सबैले नजिकिदै गरेको दिपावली,छट पर्व र नेपाल संबदको शुभकामना एक आपसमा ब्यक्त गर्न भ्याए । उपलब्ध सबैलाई एकै ठाउंमा भेला गराएर चाडपर्वको शुभकामना आदान- प्रदान गर्दै भावनात्मक र सामाजिक रुपमा एकबद्द हुने सन्देश दिन यस्तो कार्यक्रम गरिएको प्रवासी नेपाली मन्च क्यानाडाका कार्यबाहक अध्यक्ष पशुपती पोखरेलले बताए ।

    गत बर्षदेखी सकृयताका साथ गतिबिधी बढाउदै आएको यो संघठन नेकपा एमाले समर्थित संस्था हो ।

    Save

    Save

    Save